बागमती मन्त्रिपरिषदद्वारा प्रशासकीय भवन बनाउन वातावरण मूल्याङ्कनका लागि अनुमति
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मकवानपुर जिल्लाको तत्कालीन हटिया गाविस–२ मा प्रशासकीय भवन निर्माणका लागि वातावरण मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई अनुमति दिने निर्णय गरेको छ । उक्त स्थानमा एक सय ९६ कित्ताका ५४ बिघा जग्गा हालै प्रदेश सरकारलाई उपलब्ध गराइएकाले प्रशासकीय भवन निर्माणका लागि सो निर्णय गरिएको हो ।
मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशको विभिन्न जिल्लामा स्वास्थ्यका पूर्वाधार निर्माणका क्रममा भुक्तानी गर्न बाँकी रहेको रु. आठ करोड ३९ लाख ३६ हजार रकम भुक्तानी दिने सर्वसम्मतिबाट निर्णय गरेको पनि सरकारको प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले राससलाई बताए ।
उक्त बैठकले बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपाललाई भारतमा कानुनको उच्च अनुसन्धान एवम् परामर्शसंग सम्बन्धित प्रशिक्षणमा भाग लिन प्रदेश सरकारका तर्फबाट १० दिने भ्रमणका लागि स्वीकृति प्रदान गरेकोे जनाइएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया