Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअति आवश्यक काम बाहेक मन्त्री र कर्मचारीलाई विदेश जान रोक

अति आवश्यक काम बाहेक मन्त्री र कर्मचारीलाई विदेश जान रोक


काठमाडौँ । गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले विदेश भ्रमणमा अनावश्यक खर्च हुन थालेपछि अति आवश्यक काम बाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको छ ।

बुधवार मन्त्रिपरिषद बैठक निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले मन्त्री र कर्मचारीले अत्यावश्यक बाहेक विदेश भ्रमण गर्न नपाउने जानकारी दिइन् । मन्त्रिपरिषद बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ भने यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया