पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तारमा जोड
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्यस्थलको खोजी गरी पर्यटकीय पूर्वाधारको विकास र विविधीकरण गर्नुपर्ने उनले बताए ।
संयुुक्त राष्ट्र संघअन्तर्गत विश्व पर्यटन संगठन र नेपाल पर्यटन बोर्डको आयोजना तथा कोरियाको संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयको सहयोगमा काठमाडांैमा आयोजित तीन दिवसीय वेटर डाटा फर वेटर टुरिजम इन साउथ एसिया एन्ड प्यासिफिक क्षेत्रीय कार्यशालामा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पर्यटन क्षेत्रको प्रवर्द्धनमार्फत संख्यात्मक तथा गुणात्मकरूपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्ने कार्यको पनि थालनी गुर्नपर्नेमा जोड दिए । कार्यक्रममा संयुुक्त राष्ट्र संघअन्र्तगत विश्व पर्यटन संगठनका एक्सटर्नल रिलेसन निर्देशक बेका जकेलीले पछिल्लो समय पर्यटनको आयामहरु परिवर्तन हुँदै गएको सन्दर्भमा पर्यटकीय योजना तर्जुमादेखि प्रवर्द्धनात्मक कार्यका लागि गुणस्तरीय तथ्यांक आवश्यक हुने बताए ।
यस्तै स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले कोभिडको प्रभाव कम हुँदै विश्व पर्यटन लयमा फर्किन थालेको यस समयमा नेपालमा आयोजना भएको यो कार्यशालामा विज्ञहरुका बीच हुने छलफल तथा बहसले विश्व पर्यटनलाई दिशानिर्देश गर्ने बताइन् । यस्तै गणतन्त्र कोरियाको संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयका डिजी जोङतायक पार्कले भर्चुअल माध्ययमबाट मन्तव्य राख्दै कार्यक्रमले गुणस्तरीय तथ्यांकमा काम गर्न र एक–अर्को देशको अनुभव साटासाट गर्न कार्यक्रम फलदायी हुने उल्लेख गरे । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटनका विभिन्न आयामहरुमा छलफल हुने यो कार्यक्रमले पर्यटनको लागि नयाँ दृष्टिकोण तयार पार्ने बताए । तीन दिवसीय कार्यशालामा पर्यटनसँग सम्बन्धित विभिन्न सेसनमा छलफल हुनेछ । उक्त सेसनमा विभिन्न देशबाट आएका विज्ञहरुले भाग लिनेछन् भने विभिन्न देशको अनुभवहरु समेत आदानप्रदान गरिनेछ ।
बोर्डका निर्देशक मणिराज निर्देशक लामिछानेका अनुसार पहिलो दिन ‘मानिस, पृथ्वी र समृद्धिका लागि पर्यटनको मापन’, ‘नेपालको पर्यटकीय तथ्यांक प्रणाली’लगायतका विषयमा उच्चस्तरीय छलफल हुनेछ । त्यस्तै इन बाउन्ड, डोमेस्टिक र आउटबाउन्ड टुरिम्जको परिभाष, विविध तथ्यांक स्रोत, पर्यटनमा रोजगारीलगायत विषयमा छलफल हुनेछ । पर्यटनले अर्थतन्त्रमा पारेको प्रभावक, टुरिज्म स्याटेलाइट अकाउन्ट, एसिया र एसिया प्रशान्त क्षेत्रको दिगो पर्यटनलगायत विषयमा छलफल हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया