‘रेड नोटिस’ जारी भएका व्यक्तिलाई युएईबाट पक्राउ गरी झिकाइयो
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट पक्राउ गरी आज नेपाल ल्याइएको छ ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय गङ्गाराम थारूलाई विसं २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका सोही जिल्लाका २३ वर्षीय शिवशरण चौधरीलाई युएईबाट पक्राउ गरी नेपाल झिकाइएको र थप कारबाहीका लागि आजै वारदातस्थल कपिलवस्तु पठाइएको छ ।
उनलाई इन्टरपोलअन्तर्गत नेपालमा रहेको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौँको अनुरोध र एनसिबी युएईको सहयोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
व्यक्ति हत्यापछि चौधरी फरार भई युएई बसेको अनुसन्धानका क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुमार्फत प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा प्राप्त सूचनाका आधारा रेड नोटिस जारी भएको थियो । चौधरीको अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते रेड नोटिस जारी भएको थियो । इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते एनसिबी युएईलाई जानकारी गराइएको थियो ।
प्रतिवादीलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएकामा २०७९ भदौ २१ गते एनसिबी युएईले उनलाई पक्राउ गरी सपुर्दगीका लागि आवश्यक कागजात माग गरेको थियो । एनसिबी काठमाडौँले माग भएबमोजिमका कागजात खुलाइ पठाएपश्चात गत फागुन ११ गते चौधरीलाई नेपाल सपुर्दगी गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाउन अनुरोध गरेको थियो ।
त्यसपश्चात् आवश्यक प्रक्रिया पूरा गरी काठमाडौँबाट खटिएको इन्टरपोलको प्रहरी टोलीले उनलाई आज नेपाल ल्याएको हो । उनलाई लिन प्रहरी निरीक्षकको नेतृत्वमा टोली युएई गएको थियो । रासस
क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ताजा अपडेट
- अर्थतन्त्र जटिल समस्यामा छैन : थपलिया
- राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ : अध्यक्ष नेपाल
- कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ : नेता यादव
- हामीलाई असफल हुने छुट छैन : उपसभापति अर्याल
- बजार परिसुचक १९ सय ४९ बिन्दुमा
- विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
- सधैँ राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँ : सभापति देउवा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया