क्रियामा बसेका बरालले उपराष्ट्रपति निर्वाचनमा गरे मतदान
काठमाडौँ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले नयाँ बानेश्वरस्थित संसद भवनबाट शुक्रबार उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्।
उनी गत चुनावमा कास्की ३ (ख) बाट निर्वाचित भएका थिए । आफ्ना पिता लोकराज बरालको निधनमा क्रियामा बसेका बरालले शुक्रबार पोखराबाट हवाई जहाजमार्फत यहाँ आएर मतदान गरेका हुन्। उनी आजै दिउँसो पोखरा फर्कँनेछन्। उनको बुवाको निधन भएको आज शुक्रबार आठ दिन भएको छ ।
निर्वाचनमा नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन्।
मतदान दिउसो तीन बजेसम्म हुनेछ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया