महिलाको हक अधिकार स्थापित गर्नेछु : ममता
काठमाडौं । जनमत पार्टीकी उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हक अधिकार स्थापित गर्ने बताएकी छिन् ।
नयाँ बानेश्वर सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग कुरा गर्दै उनले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन् । उनले भनिन, “राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ ।”
संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रमा मतदान भइरहेको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । साढे ११ बजेसम्म सङ्घीय संसद् सदस्यतर्फ एक सय ५० र प्रदेशसभा सदस्यतर्फ दुई सय ८६ सदस्यले मतदान गरेका छन् ।
उपराष्ट्रपति पदका लागि जनमत पार्टीकी ममता झा, नेकपा (एमाले) तर्फका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया