निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयको कर्मचारी कल्याण शाखाले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा उजागर गर्न ‘प्रतिभा डबली कार्यक्रम सञ्चालन कार्यविधि, २०७९’ बमोजिम प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कर्मचारी कल्याण शाखाकी शाखा अधिकृत शिला सापकोटाले निजामती कर्मचारीभित्र रहेको नविन सोच/इनोभेटिभ आइडियालाई उजागर गर्नका लागि कर्मचारी प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्न लागेको राससलाई जानकारी दिए । “कर्मचारीभित्र लुकेर रहेका नविन सोच÷इनोभेटिभ आइडियालाई राष्ट्रसेवामा उपयोग गर्नेगरी मन्त्रालयले उक्त कार्यक्रमलाई अगाडि बढाएको हो”, शाखा अधिकृत सापकोटाले भने ।
कर्मचारी कल्याण शाखाले प्रतिभा डबली कार्यक्रममा इनोभेटिभ आइडिया प्रस्तुत गर्ने निजामती कर्मचारीलाई ३० दिनभित्र इनोभेटिभ आइडिया र प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।
सो शाखाका शाखा अधिकृत हरिनारायण शर्माले निजामती कर्मचारीको व्यक्तित्व विकास गराई सार्वजनिक सरोकारका विषयमा नविन सोच÷इनोभेटिभ आइडिया पहिचान र उपयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
उनले उक्त कार्यक्रममा सहभागी हुन चाहने सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारील अनलाइनमार्फत अनलाइन प्रस्ताव पेश गर्न सक्ने बताए ।
नविन सोच/इनोभेटिभ आइडिया पेश गरी शीर्ष १० मा छनोट हुने स्थान प्राप्त गर्ने निजामती कर्मचारीले प्रतक्ष्य प्रस्तुतीकरणसमेत गर्नुपर्ने शाखा अधिकृत शर्माको भनाइ छ । उक्त प्रस्तुति टेलिभिजनमार्फत समेत प्रस्तुत गरिने सो शाखाले जनाएको छ ।
प्रतिस्पर्धाबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निजामती कर्मचारीलाई सम्मान र तोकिएको पुरस्कार प्रदान गरिने शर्माले बताए । एकपटक अनलाइनमार्फत प्रस्ताव पेश गरी नम्बर प्राप्त भइसकेपश्चात् पुनः सच्याउन नपाइने बताइएको छ ।
यस्तै, प्रतियोगीले आफ्नो प्रस्ताव पेश गर्ने क्रममा अडियो÷भिडियो कपीसमेत अपलोड गर्नुपर्ने र सो अडियो भिडियोमा आफ्नो परिचय खुल्ने कुनै किसिमको सामग्री राख्न नपाइने सो शाखाले जनाएको छ । सो मन्त्रालयले गत वर्ष पनि चारवटा आइडिया छनोट भई पुरस्कृत गरिसकेको छ भने आइडियाको कार्यान्वयन सम्भावनाबारे अध्ययन गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
- सेयर बजारमा सामान्य अंकको बृद्धि
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया