जिल्ला प्रशासन कार्यालय मोरङद्वारा विरोध प्रदर्शन रोक्न निधेषाज्ञा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेश नामकरणको विरोध प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरेको छ। कोशी प्रदेश नामाकरणको विरोधमा आइतबार बृहत प्रदर्शन गर्ने पहिचान पक्षधरहरूको तयारी छ। त्यसैलाई रोक्न प्रशासनले निधेषाज्ञा जारी गरेको हो।
आइतबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म विराटनगरका केही स्थानहरूमा प्रशासनले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताएका छन्।
प्रशासनले निषेधित क्षेत्र कायम गरिएका स्थानहरु यसप्रकारका छन् :-
१. प्रदेश सभा ( पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र,
२. मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ( रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र,
३. मुख्यमन्त्री निवास( वरिपरि ३०० मिटर सम्मको क्षेत्र,
प्रदेश प्रमुखको कार्यालय तथा निवास ( वरिपरि ३०० मिटर सम्मको क्षेत्र र
४. जिल्ला प्रशासन कार्यालय मोरङ ( डाँफे चोक देखि पूर्वको क्षेत्रसम्म निषेधाज्ञा लगाएको हो।
गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी प्रदेश नाम दुई तिहाइ बहुमतले पारित गरेको थियो। त्यसयता पहिचान पक्षधरले विरोध प्रदर्शन गर्दै आएका हुन्। उनीहरुले दुई पटक हड्ताल र बन्द समेत गरिसकेका छन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया