काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । त्यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार अहिले राजधानी काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर देशका पहाडी भूभाग र तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
“भर्खरै पनि पश्चिमबाट दिपायल, धनगढीको आकाश भएर नयाँ किसिमको मौसमी प्रणाली प्रवेश गरेको छ, त्यसले गर्दा मेघगर्जन, बदलीसहित वर्षा गराउने बादलको विकसित भएको छ र यो प्रणाली अपराह्नसम्म रहनेछ”, मौसमविद् झाले राससलाई भने ।
अबका दुई/तीन दिनसम्म देशका पहाडी भूभाग र तराईका केही स्थानमा बदली, मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाको विगत एक घन्टाको विवरणमा डडेलधुरामा तीन मिलिमिटर वर्षा मापन गरिएको छ । ताप्लेजुङ, जुम्लालगायत स्थानमा अहिले वर्षा भइरहेको छ । काठमाडौँमा अपराह्नतिर मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
स्थानीय वायुसँगै पश्चिमी वायु र स्थानीयरुपमा न्यूनचापीय प्रणालीको विकास भई वर्षा गराउने प्रणाली विकसित भइरहेकाले उक्त प्रणालीले बदली गराउने र मेघगर्जन, चट्याङसहित वर्षा गराउने मौसमविद् झाको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया