प्रधानमन्त्री दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने
काठमाडौं । आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।
सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन्। यसअघि रास्वपाले पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। माघ २२ गते प्रचण्ड सरकारबाट बाहिरिए पनि रास्वपाले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत भने कायम राखेको थियो।
पुस १० गते बनेको तत्कालीन ७ दलीय गठबन्धन फुटेर नयाँ गठबन्धन बने पनि रास्वपा नयाँ गठबन्धनमा सहभागी छैन। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेसँगै रास्वपा फेरि सरकारमा सहभागी हुने सम्भावना छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया