मिटरब्याजीपीडित काठमाडौँसम्म पैदलयात्रामा
सर्लाही । मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँको पैदलयात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँका लागि पैदलयात्रामा निस्केका हुन् ।
मिटरब्याजविरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा सरकारलाई घचघच्याउन मधेस प्रदेशका मिटरब्याजपीडित काठमाडौँका लागि पैदलयात्रामा निस्केका छन् । पीडक साहु महाजनविरुद्ध चरणबद्धरुपमा आन्दोलन सुरु गरेका मिटरब्याजपीडित सरकारलाई आफ्ना गुनासा र समस्या सुनाउन भन्दै काठमाडौँसम्मको पैदलयात्रामा निस्केको महोत्तरीका मिटरब्याजपीडित मनोज पासवानले जानकारी दिए ।
उनका अनुसार मिटरब्याजी साहु महाजनले मधेस प्रदेशका आर्थिक अवस्था कमजोर रहेका धेरै मानिसलाई दुःख दिएका र त्यसबाट मुक्ति पाउनका लागि अभियान सुरु गरिएको हो । सर्लाहीबाट सङ्घर्ष समिति गठन गरेर करिब चार वर्ष पहिलादेखि सुरु भएको मिटरब्याज पीडितको आन्दोलन अहिले मधेस प्रदेशका साथै देशभरका धेरै स्थानमा सुरु भइसकेको छ । स्थानीयस्तरबाट आन्दोलन गर्दा आफ्ना माग नसुनेका कारण पैदलै गएर सरकारलाई आफ्ना समस्या सुनाउन काठमाडौँका लागि पैदलयात्रामा निस्केका मिटरब्याजपीडित पासवानले बताए ।
सप्तरीदेखि पर्सासम्मका मिटरब्याजपीडित एक भएर पीडक साहु महाजनविरुद्ध चरणबद्धरुपमा आन्दोलन जारी राखेका र अहिले पैदलै हिँडेर काठमाडौँ पुगी सरकारलाई आफ्ना समस्या सुनाउने भन्दै सिरहाकी मिटरब्याजीपीडित ममतादेवी रायले राससलाई बताइन् । पीडित रमेश बुढाथोकीका अनुसार यसअघि काठमाडौँमा समेत आन्दोलन भएका र सरकाले मिटरब्याजी पीडितको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको भए पनि अहिलेसम्म सरकारले कुनै प्रकारका ठोस नीति नल्याएका कारण मिटब्याजीपीडित थप मारमा परेका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया