अनौपचारिक क्षेत्रका श्रमिकले २०.३७ प्रतिशत रकम योगदान गर्नुपर्ने
काठमाडौं । अनौपचारिक क्षेत्रका श्रमिकले निश्चित रकम योगदान गरी सामाजिक सुरक्षा कोषमा सहभागी हुन पाउनेछन् । चैत अन्तिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै अनौपचारिक क्षेत्रका श्रमिकले नेपाल सरकारले औद्योगिक क्षेत्रको लागि तोकेको आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम योगदान गरी सामाजिक सुरक्षा कोषमा सहभागी हुनसक्ने बताइएको हो । स्वरोजगारमा रहेको व्यक्तिले श्रमिकको लागि नेपाल सरकारले औद्योगिक क्षेत्रको श्रमिकको लागि तोकको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ देखि त्यस्तो आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी आबद्धता जनाउन सक्ने राजपत्रमा प्रकाशित सार्वजनिक सूचनामा भनिएको छ ।
सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ७ को उपदफा (१) बमोजिम वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नेपाली नागरिकले सामाजिक सुरक्षा कोषयमा गर्नुपर्ने योगदानको दर नेपाल सरकारले औद्योगिक क्षेत्रको श्रमिकको लागि तोकेको आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशतदेखि त्यस्तो आधारभूत पारिश्रमिकको तीन गुणासम्म तोकेको बताइएको छ । अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेका व्यक्ति सामाजिक सुरक्षा योजनमा सहभागी हुन सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने रकमबारे नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २ को खण्ड (त) ले दिएको अधिकार प्रयोग गरी प्रचलित कानुनबमोजिम दर्ता भई वा नभई स्वयंले बिक्री प्रयोजनको लागि वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने व्यक्तिलाई स्वरोजगारमा रहेको व्यक्तिको रुपमा तोकिने भन्दै सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।
मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी औपचारिक प्रबन्धले नसमेटिने सबै प्रकारका श्रमिकलाई अनौपचारिक क्षेत्रमा रहेको श्रमिकको रुपमा तोकिने समेत जनाएको छ । यसअघि कोषले औपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा जोड्दै आएकोमा पछिल्लो समय दायरा फराकिलो बनाउँदै लगिएको हो । यसले अनौपचारिक क्षेत्रका श्रमिकले राहत पाउन कोषका प्रवक्ता विवेक पन्थीले बताए । सामाजिक सुरक्षा योजना सर्वसाधारणलाई लाभान्वित बनाउने योजना भएको हुँदा कोषमा विभिन्न क्षेत्रको श्रमिकहरु आबद्धता हुन पाउनु राहतको विषय भएको उनको भनाइ छ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनामार्फत सेवा दिँदै आएको छ । पछिल्लो समय कोषले घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी सेवाहरु समेत प्रदान गरेको छ । जुन सेवाहरु मोबाइल एपबाट समेत सेवा लिन उपलब्धता छ । पछिल्लो समय कोषयमा योगदानकर्ता र सेवा लिनेको संख्यामा बढोत्तरी हुँदै गएको पाइन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नेकपा एमालेको सचिवालय बैठक सुरु
- सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता
- टोखामा ‘मिनी हाइपर मार्ट’ सञ्चालन
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया