Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसार्वभौमिकता र समृद्धिका लागि निरन्तर लागिरहने उपराष्ट्रपति पुनको प्रतिबद्धता

सार्वभौमिकता र समृद्धिका लागि निरन्तर लागिरहने उपराष्ट्रपति पुनको प्रतिबद्धता


काठमाडौं । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन् ।

आफ्नो दुई कार्यकाल गरी सात वर्ष पाँच महिनाको उपराष्ट्रपति पद टुंगिँदै गर्दा पुनले आफ्नो कार्यकाल सफल र सुखद बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् ।साथै उनले संवैधानिक परिधिमा रहेर संविधानको रक्षा, पालन तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि इमान्दारीपूर्वक काम गर्दै उपराष्ट्रपति पदको गरिमा बढाउने कोशिस गरेको बताएका छन् ।

सार्वभौम संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्क्रमणकालीन व्यवस्थामा मतदानद्वारा र संविधानको पूर्ण कार्यान्वयनको क्रममा अर्को कार्यकाल निर्विरोध उपराष्ट्रपतिमा निर्वाचित भएकामा हालै निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ लिएसँगै आफ्नो कार्यकाल टुङ्गिएको उनले जनाएका छन् ।

“मलाई उपराष्ट्रपतिमा निर्वाचित गरेर कार्यकाल सफल बनाउनसमेत सहयोग गर्ने राजनीतिक दलप्रति धन्यवाद ज्ञापन गर्दछु । कार्यकाल सफल र सुखद बनाउन पूर्णसहयोग गर्ने नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दछु”, उनले भनेका छन् ।

उनले उपराष्ट्रपतिको कार्यालयमा रही कार्यसम्पदान गर्ने कर्मचारी, निजी सचिवालयका सदस्य, सुरक्षा प्रदान गर्ने नेपाली सेना, सुरक्षा समन्वय गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तथा सुरक्षा निकायका अधिकृत तथा सदस्यलाई धन्यवाद दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया