स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
कर्णाली । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल (क्रान्तिकारी)ले वर्चस्व कायम गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न भएको छ । विविध कारणले यहाँका छ क्याम्पसको निर्वाचन स्थगित भएको छ । सार्वजनिक नतिजाका हिसाबले अखिल (क्रान्तिकारी)ले १४, नेविसङ्घले छ र अनेरास्ववियुले चार क्याम्पसमा सभापतिमा जीत हात पारेको छन् ।
अखिल (क्रान्तिकारी)मा चतुर्देव हिसुपु क्याम्पस रातापानी मुगुबाट मनसुर कार्की, सिञ्जा बहुमुखी क्याम्पस जुम्लाबाट सन्तोष आचार्य, तिला कर्णाली र जनचेतना बहुमुखी क्याम्पस कालीकोटबाट क्रमशः हिक्मत सिंह र पार्वती सञ्जयाल, स्यार्पु बहुमुखी, सानोभेरी, राडीज्यूला शिक्षा क्याम्पस, शीतल क्याम्पस चौरजाहारी रुकुमपश्चिमबाट क्रमशः किरण विश्वकर्मा, वीरभान भण्डारी, निराजन केसी र दीपक केसी सभापतिमा निर्वाचित भएका छन् ।
त्यस्तै बन्गाड क्याम्पस, फारुला बहुमुखी क्याम्पस दार्मा र जनकल्याण बहुमुखी क्याम्पस सल्यानबाट क्रमशःअजय विष्ट, वरुण न्यौपाने र एकराज ओली, तथा लिकु संयुक्त क्याम्पस डोल्पामा रनचन्द्र शाही र जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस जाजरकोटमा जागेश्वर थापा सभापतिमा विजयी भएका छन् ।
त्यस्तै नेविसङ्घबाट मानसरोवर बहुमुखी क्याम्पस हुम्लामा नरेन्द्र भण्डारी, रारा बहुमुखी क्याम्पस मुगुमा राज तामाङ, जुम्ला बहुमुखी क्याम्पस जुम्लामा महेश हमाल, चामुण्डा कलेज दैलेखमा सुनिल शाही, नन्दादेवी बहुमुखी क्याम्पस कालीकोटमा जुनिता विष्ट र गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेतमा गोपाल खड्का सभापतिमा निर्वाचित भएका छन् ।
त्यसैगरी सिम्ता बहुमुखी, अमरदीप, हिमशिखर बहुमुखी र भेरी क्याम्पस गुमी सुर्खेतबाट क्रमशः घनश्याम रेग्मी, अनुप ढकाल, सिर्जना रसाइली, शक्ति पौडेल अनेरास्ववियुबाट सभापतिमा विजयी भएका छन् । कर्णाली प्रदेश प्रहरीका अनुसार अब १० क्याम्पसको मत सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ । रासस
क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश, समाचार
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया