एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ– उपाध्यक्ष पौडेल
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार र कारण एमालेले नदेखेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको छलफलमा उनले एमाले उक्त प्रस्तावको विपक्षमा उभिने विचार प्रकट गरे ।
प्रतिनिधिसभाको निर्वाचनपछि एमाले राष्ट्रिय सहमतिका पक्षमा रहेको तर अहिले एमालेलाई मात्र एक्ल्याइएको भन्दै उपाध्यक्ष पौडेलले एमालेविनाको कस्तो राष्ट्रिय सहमति खोजिएको हो भनी जिज्ञासा राखे ।
उपाध्यक्ष पौडेलले भने, “राष्ट्रिय सहमतिका नाममा एमालेलाई एक्लो बनाउने, किनारा गराउने, शत्रुता र कटुताको परिस्थिति निम्त्याएर राष्ट्रलाई द्वन्द्वतर्फ धकेल्ने काम गरिएको छ ।” उनले स्थिरताका नाममा अहिले भइरहेका अभ्यासले राजनीतिक स्थिरता होइन, अस्थिरता हुने खतरा देखिएको राससलाई बताए ।
मुलुकको अर्थतन्त्रका बारेमा प्रधानमन्त्रीले राखेको अभिव्यक्तिबीच मेल नखाएको बताउँदै पूर्वअर्थमन्त्री पौडेलले विभिन्न कारणबाट मात्रै विदेशी मुद्राको सञ्चित सकारात्मक हुन पुगेको दाबी गरे ।
उनले भने, “हाम्रो राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्था छ, पुँजीगत खर्चको अवस्था पनि त्यति उत्साहजनक देखिन्न, सरकार संसदीय अङ्कगणितमा केन्द्रित हुँदा धरासयी हुँदै गएको अर्थतन्त्र सुधार गर्नेतर्फ ध्यान केन्द्रित हुने सङ्केत देखिन्न ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया