उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिएका छन् ।
उपराष्ट्रपति धनखरले सोमबार सामाजिक सञ्जालमार्फत् ट्वीटमार्फत नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिएको हो । राससका अनुसार उपराष्ट्रपति धनखरले दुई देशबीचको बहुआयामिक सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउनसँगै काम गर्न चाहेको सन्देशमा उल्लेख गरेका छन् ।
यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया