प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ
पर्वन । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ । उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा छ ।
जलजला गाउँपालिकाअन्तर्गत मिलनचोकबाट सल्यान घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक हालसम्म अधुरै छ । ठेकेदार कम्पनीले समयमा काम नगर्दा सम्झौता अवधि सकिएको १८ महिना नाघिसक्दासमेत पनि कामले निरन्तरता पाउन सकेको छैन । सडक कालोपत्रको शिलान्यासपछि केही काम भए पनि विगत दुई वर्षदेखि ठेकेदार कम्पनीको रूपमा रहेको हिमदुङ एण्ड थोकर निर्माण सेवा सम्पर्कविहीन बनेको छ ।
कम्पनीले २०७६ मङ्सिरमा रु. २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्रको जिम्मा लिएको थियो । गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक आयोजनाअन्तर्गतको सो सडक २०७८ मङ्सिरमा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । म्याद थप गरेर आगामी असारसम्मको सम्झौता कायम गरिए पनि अहिलेसम्म काम सुरु नभएपछि स्थानीयवासीले विरोध जनाएका छन् ।
“अहिलेसम्म काम गर्ने सुरसार नै छैन”, स्थानीय राजु आचार्यले राससलाई भने, “निर्माण व्यवसायीलाई सम्पर्कमै ल्याउन सकिएको छैन । काम अघि बढाउन पूर्वाधार विकास कार्यालय र भौतिक योजना तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए पनि सुनुवाइ भएको छैन ।” गाउँपालिका अध्यक्ष राजु आचार्यले पालिकाले पटक–पटक आग्रह गर्दासमेत सम्पर्कमा नआएको बताए । सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिराको जोखिम बढेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया