अध्यक्षको आम्दानीभन्दा १ करोड बढी खर्च, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा
काठमाडौं । रुपन्देही, मर्चवारी गाउँपालिकाका तत्कालीन अध्यक्ष केशवनन्द बनियाले झण्डै एक करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । उनले स्रोत नखुलेको ९१ लाख ८६ हजार रुपैयाँको कारोबार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
आयोगले अध्यक्ष बनियाले भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले २०७४ देखि २०७८ सम्म गरी चार वर्ष लगाई अध्यक्ष बनियाको रकम जाँच गरेको थियो । सो क्रममा एक करोड ७५ लाख ९६ हजार नौ सय रुपैयाँ खर्च, ८४ लाख १० हजार चार सय रुपैयाँ आम्दानी गरेको उनको बाँकी आम्दानी अर्थात् ९१ लाख ८६ हजार पाँच सय रुपैयाँको आम्दानी रकमको भने स्रोत खुल्नसकेको थिएन ।
२०७४ को स्थानीय तहमा निर्वाचित उनले पारिश्रमिक, बैठक भत्तालगायत, ट्रयाक्टर र हार्वेस्टर बिक्री, छोराको नाममा रहेका घर बहालमा दिएबापत प्राप्त रकम, कृषि, बीमा, मिललगायतबाट ८४ लाख १० हजार चार सय रुपैयाँ आम्दानी भएको बताएका छन् । छोराहरुलाई अध्ययन खर्च, घर निर्माण, जग्गा खरिद, बीमांक रकम, मिलको आयकर, बैंक खातामा रहेका रकमलगायतका विभिन्न शीर्षकमा एक करोड ७५ लाख ९६ हजार नौ सय रुपैयाँ खर्च भएको जाँच अवधिमा बताएका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अख्तियारले स्रोत नखुलेको रकमकको भोगचलनको क्रममा उनी र उनको परिवारले अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमको निज र छोरोका नामा जग्गाहरु चल/अचल सम्पत्ति खरिद गरेको, घर निर्माण, बैंक तथा वित्तीय संस्थामा रकम जग्गा गरेको देखिँदा उनले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको जनाएको छ ।
सोसँगै अध्यक्ष बनियालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको भन्दै अख्तियारले आम्दानीभन्दा बढी खर्च गरेका रकमबराबरको बिगो कायम गरी सजायको माग गरी मुद्दा दायर गरेको हो । अख्तियारले उनी र उनको परिवारको नामा हाल कायम रहेको सम्पत्तिसेमतबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ‘ख’ बमोजिम बिगो जफत र जरिवाना असुल गरिपाऊँ भन्दै अदालतसमक्ष मुद्दा दायर गरेको हो । अख्तियारले निजको छोरा पंकज कान्दुसेमतलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको हो ।
उनी २०७४ असार १४ गते भएको स्थानीय निर्वाचनमा विजयी भई मर्चवारी गाउँपालिकाको वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । अख्तियारले निर्वाचित भएदेखि २०७८ चैत ३० सम्मलाई जाँच अवधि राखी स्वआर्जित, सिर्जित सम्पत्ति एवम् लगानी तथा खर्चहरुको विषयमा अध्ययन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया