Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग


काठमाडौं  । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख नौ हजार ७२ रूपैयाँबराबरको सहयोग गरेको छ । संघले महाभूकम्पपछिको पुनर्निर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा बालुवाटारस्थित संघको सचिवालयले खरिद गरेका फर्निचर तथा सामग्रीहरू आविष्कार केन्द्रलाई सहयोगस्वरूप हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएका उपकरण एवं सामग्रीहरू आविष्कार केन्द्रको वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुनस्र्थापनाका लागि प्रयोग गरिनेछ । संघका कार्यकारी अध्यक्ष रबिना थापाले संघले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा अतुलनीय योगदान पु-याइरहेको रहेको आविष्कार केन्द्रलाई मद्दत पुग्ने आशा राखेको बताइन् । यस्तै संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरूले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया