सेटिङमा भन्सार जाँचपासलाई प्रमाणीकरण गर्ने प्रमुखको सरुवा, प्रतिनिधिलाई उन्मुक्ति
विराटनगर । भन्सार प्रतिनिधिसँगको सेटिङमा भन्सार जाँचपासलाई प्रमाणीकरण गरेका विराटनगर भन्सारका तत्कालीन भन्सार प्रमुखलाई अर्थ मन्त्रालयले सरुवा गरेको छ । हाल विराटनगर भन्सारको प्रमुखमा भन्सार विभागमा रहेका ज्ञानेन्द्रराज ढकाल नियुक्त भएका छन् ।
अर्थ मन्त्रालयले एउटै प्रकरणमा प्रमुख भन्सार अधिकृतलाई मात्रै सरुवा गरेर भन्सार जाँचपासमा संलग्न भन्सार प्रतिनिधिलाई भने अहिलेसम्म कुनै कारबाही नगरी उन्मुुक्ति दिएको छ । चीनबाट आयात गरेको जुत्ता र रेडिमेड गार्मेन्टका सामान भन्सार जाँचपास गर्ने क्रममा भन्सार प्रतिनिधि शरण खरेलसँगको मिलेमत्तोमा तत्कालीन भन्सार प्रमुखले करोडौँ राजस्व छली गरी सेटिङमा सामन जाँचपास गराएको आरोप लागेको छ ।
उक्त राजस्व छली प्रकरणमा भन्सार प्रतिनिधि खरेलले भन्सार जाँचपास गर्ने क्रममा भन्सार एजेन्ट ईश्वर केसीको एजेन्ट नम्बर ४२३ को लगइन प्रयोग गरेर माल जाँचपास गरेका थिए । राजस्व छली प्रकरणमा ती भन्सार एजेन्ट र उनका विराटनगर भन्सार प्रतिनीधि पनि कारबाहीको भागिदार भएको स्थानीयको भनाइ छ । तर अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्सार प्रतिनिधि खरेललाई भन्सार विभागले नै उन्मुक्ति दिने प्रयास गरेको उनीहरूको आरोप छ । पछिल्लो समय खरेलले एजेन्ट नम्बर ४२३ छोडेर भन्सार विभागमा भर्खरै मात्र दर्ता भएको मनिसा ओलीको एमएस क्लियरिङको लगइन नम्बर ७९७ बाट विराटनगर भन्सारमा प्रतिनिधि भई भन्सार जाँचपासमा संलग्न हुन थालेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 9
ताजा अपडेट
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नेकपा एमालेको सचिवालय बैठक सुरु
- सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता
- टोखामा ‘मिनी हाइपर मार्ट’ सञ्चालन
- श्रीलंकामा तीन वर्षपछि ब्याजदर कटौती गर्ने घोषणा
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया