मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउने कुरा बताएका छन्। मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ दलबीच किचलो बढिरहेका बेला शनिबार ललितपुर चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रिपरिषदले पूर्णता पाउने बताए।
ललितपुरमा शनिबार एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे । मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरूसँग निरन्तर संवादमा रहिरहने उनले जानकारी दिए।
एक दुईभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ । त्यसपछि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं ।’ उनले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया