गृह जिल्लामा उपराष्ट्रपति यादवलाई भव्य स्वागत
कलैया । उपराष्ट्रपति रामसहायप्रसाद यादव आइतबार आफ्नो गृह जिल्ला बारामा आएका छन् । उनलाई गृह जिल्ला बारामा भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उनी पहिलो पटक गृहजिल्ला आएकोहुँदा उनलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
उपराष्ट्रपति यादवलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबुकुमार यादव, प्रदेश सरकाका अर्थमन्त्री सञ्जय यादव, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व मन्त्री, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुखलगायतकाले सिमरा विमानस्थलमा स्वागत गरेका थिए ।
जिल्लामा उनी दुई दिन बस्ने भएका छन् । यहि दुइदिनको बसाइमा उनी जिल्लाको विभिन्न ठाउँमा आयोजना गरिने स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुने निमित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अचार्यले बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया