नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले नवनियुक्त महानिरीक्षक सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
कार्यक्रममा सचिव सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यकता रहेको बताए । “अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्न सक्छ”, उनले भने । उनले समाजमा प्राविधिक गतिविधिमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको बताए ।
सचिव सिंहले अनुशासनहीनता, लापर्वाही र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलतामा लैजानुपर्ने उल्लेख गरे । प्रहरी प्रशासनले सबैले देख्नेगरी सुधारको काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले प्रहरी प्रशासनमा अझै पनि पूर्णरुपमा सुधार नदेखिएको जनाउँदै प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताए । उनले प्रहरीले गर्ने राम्रा काम र विगतमा भएका त्रुटि लुकाएर प्रशासन बलियो नबन्ने जनाउँदै प्रहरीमा सुधार आवश्यक रहेको बताए ।
उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनै पनि बहाना तथा विकल्पविना काम गर्ने प्रतिबद्धता जनाए। शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानुनी राज्यको प्रत्याभूति दिलाउने उनले प्रतिबद्धता व्यक्त गरे।
प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने बताए । कुँवरलाई सरकारले शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया