मेयर बालेन शाहविरूद्ध र्यालीसहितको विरोध प्रदर्शन
काठमाडौं । सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरिएको छ । संविधान र कानुनविपरीत सुकुम्बासीहरूलाई उठिबास लगाउने काम गरेको भन्दै मेयर शाहविरूद्ध सोमबार विरोध प्रदर्शन गरिएको हो ।
मेयर बालेन शाह आफूहरूलाई उठिबास लगाउने काममा लागेपछि त्यसको विरोधमा सुरू गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए।
उनले भूमिहीनहरूलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिकाका मेयर शाहले गरिरहे आफूहरु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए। विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्नुपर्ने उनीहरुले माग गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया