फुङ्लिङ । लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुगे ।
कात्तिकको तेस्रो सातादेखि उनी प्राय अलैँची बगनामै बिहानदेखि बेलुकासम्म अलैँची बगानमै व्यस्त हुने गरे पनि गत सातादेखि दैनिकजसो साँझ–बिहान वर्षा भएसँगै उनलाई फुर्सत मिलेकाले अहिले सदरमुकाम आएका हुन् । सोही गाउँका बसन्त फेम्बू पनि अहिले फुर्तिलो भएका छन् । नियमित वर्षा हुन थालेसँगै पानी पटाउन नपरेकाले आफूलाई पनि फुर्सत मिलेको उनले बताए । पहाडी क्षेत्रका किसान अहिले अन्न छर्न व्यस्त छन् । विशेष गरेर फागुन तेस्रो सातादेखि वैशाखसम्म मकै रोप्ने गरिन्छ। पहाडी क्षेत्रको मुख्य बाली मकै हो ।
मकै रोप्ने समय साँझ बिहान वर्षा हुन थालेसँगै यहाँका किसानमा ठूलो राहात मिलेको सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खेका रणबहादुर लिम्बूले बताए । उनले भने,“मकै रोप्ने समयमा वर्षा हुनथालेको छ । यसवर्ष राम्रो अन्न उत्पादन होलाजस्तो छ ।” लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएपछि चिन्तित भएका मेरिङदेन गाउँपाकिाका–६का विमना लिम्बू पनि वर्षा भएकाले अहिले भने उत्साहित भएका छन् ।
लामो समयसम्म सुख्खा मौसम रहेसँगै पछिलो समयमा वर्षा हुन सुरु भएकाले यहाँका किसान भने खुशी भएका छन् । हिउँदेबालीमा सिँचाइ पुगेकाले अन्न उत्पादनमा कमी नहुने फक्ताङलुङ गाउँपालिका–६ विर्ख लिम्बूको भनाइ थियो । लामो समयसम्म वर्षा नहुँदा हिउँदेबाली लगाउन किसान निकै चिन्तित भएकामा अलिक ढिलो भए पनि वर्षा भएकाले चिन्ता उत्साहामा रुपान्तरण भएको किसान उनले बताए। लामो समयसम्म हिमपात र वर्षा नहुँदा पशुचौपायको आहारामा समेत समस्या हुँदै आएको थियो । सुख्खा समयमा घाँसपात सबै सुकेर गएसँगै पशुपालकहरुलाई सास्ती खेप्नु परेको थियो ।
विगतका वर्षहरुमा समयमै हिमपात र वर्षा भएकामा यस वर्ष भने हिमाली क्षेत्रमा खासै हिमपात र वर्षा पनि भएन । हिमपात र वर्षा नहुँदा चौँरी–याक पालकलाई निकै चिन्ता भएको याक पालक फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँका ढावा शेर्पाले बताए । उनले भने “हिमपात र वर्षा नहुँदा याकका लागि चरनसमेत अभव हुँदै गएको थियो । पानीका मूलसमेत सुक्ने हो की भन्ने चिन्ता लागेको थियो तर अगाडिको जस्तो हिउँ यसपाली परेन ।” वर्षा हुन थालेसँगै हरियो घाँसपात उम्रने भएकाले पशुपालक पनि उत्साहित भएका हुन् । पछिल्लो समय वर्षा हुन थालेसँगै धुलाम्मे बाटोमा यात्रा गर्ने यात्रुहरुलाई सास्तीखेप्नु नपरेको गाडी चालक ज्ञानेन्द्र केदेमले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ताजा अपडेट
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया