जापानको ओसाकामा जापनी भाषामा वक्तित्वकला प्रतियोगिता सम्पन्न
जापान,जापानको ओसाकामा अन्तर्राष्ट्रिय स्तरको जापानी भाषामा वक्तित्वकला प्रतियोगिता सम्पन्न भयको छ । विगत १० वर्ष देखि विदेशीहरुको भिसा प्रक्रियामा सहयोग गर्दै आएको डिस्कभरी सपोर्ट्ले आयोजना गरेको उक्त कार्यक्रममा करिब २१ जना नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यहि वर्षबाट छात्रवृत्ति लगायत विभिन्न पुरस्कार सहित बिद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले जापानको खान्साई क्षेत्रमा अध्ययनरत विदेशी बिद्यार्थीहरु बिच जापानि भाषामा “म र जापान” भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिता (Japanese language speech contest२०२३) आयोजना गरिएको डिस्कभरी सपोर्ट्का प्रतिनिधि लाक्पा दोङले बताए। कोबे युनिभर्सिटीका फेलो रिसर्चर डाक्टर भरत नेगिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेगिले विदेशी विद्यार्थीहरुको क्षमता उजागर गर्न यस्ता कार्यक्रमले धेरै सहयोग गर्ने बताएका थिए । सोही कार्यक्रम नेसाज (NESAJ)कापुर्व अध्यक्ष कृष्ण भुषाल, विकास अधिकारी, नेपाल जापान विद्यार्थी समाजका महासचिव सन्जय कार्की , कार्यक्रम निर्णायकहरु नरेन्द्र बस्नेत, माकोतो एकेनादा, सोता मासुई रहेका थिए ।
निर्णायकहरुको तर्फबाट बोल्दै नरेन्द्र बस्नेतले प्रतिस्पर्धामा जित भन्दा पनि सिकाई महत्त्वपूर्ण भएको हुँदा यस्ता प्रतियोगिताले हौसला प्रदान गर्ने बताए। कार्यक्रम सभापति एवं डिस्कभरी सपोर्टका कार्यकारी प्रमुख सोता मासुईले विदेशी विद्यार्थीहरुले जापान बसाई लामो समय सहज रुपमा होस र जापानमा भोग्नु परेका समस्या के कस्ता छ्न यस्लाई कसरी सुधार गर्न सकिन्छ र आम बिदेशी विद्यार्थीमा जापानको यथार्थ बारे जानकारी होस भने हेतुले कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
उक्त प्रतियोगितामा प्रथम स्थान रामकृष्ण तिवारी द्वितीय सुपना लामा दोङ, तृतिय अस्मित ढकाल र सान्त्वना डोलराज रानाभाटले हासिल गरेका थिए । प्रतियोगितामा प्रथम पुरस्कार रु. ५० हजार जापानी यन, भिसा सपोर्ट, वर्किङ सपोर्ट क्रमशः द्वितीय पुरस्कार रु. ३० हजार जापानी यन, तृतीय पुरस्कार रु १० हजार जापानी यन र तिनै जना विजेतालाई भिसा सपोर्ट, वर्किङ सपोर्ट पनि प्रदान गरिएको थियो । कार्यक्रमलाई सहज डिस्कभरी सपोर्ट्का सपना घिमिरे, निना माचुदा, होसोखावा नाचुमीले गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया