Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल स्टक एक्सचेन्जको नियमित सेयर कारोबार कक्ष पाँच दिनको लागि बन्द

नेपाल स्टक एक्सचेन्जको नियमित सेयर कारोबार कक्ष पाँच दिनको लागि बन्द


काठमाडौं, चैत ११
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को नियमित सेयर कारोबार कक्ष पाँच दिनको लागि बन्द भएको छ । विश्वव्यापीरूपमा फैलिएको कोराना भाइरसको महामारीबाट लगानीकर्ताहरूलाई संक्रमित हुुनबाट जोगाउन नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेप्सेले कारोबार कक्ष यही चैत १० गते सोमबाट लागू हुनेगरी पाँच दिनको लागि बन्द गरेको हो ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा १ को खण्ड (घ)मा बोर्डको विशेष अधिकारअन्तर्गत लगानीकर्ताको हितलाई ध्यानमा राखी नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारसँग परामर्श गरी धितोपत्र बजार बन्द गर्न आदेश दिनेसक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाबजोमिम बोर्डको आदेशअनुसार सेयर कारोबार बन्द गरिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिएका छन् ।

सेयर कारोबार बन्द गरिएको बारेमा बोर्डले विज्ञप्तिमार्फत भनेको छ, हाल विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नोभल कोरोनाको प्रकोप, त्यसको रोकथाम र नियन्त्रण सम्बन्धमा प्रधानमन्त्रीको सम्बोधन, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय, नेपाल सरकारबाट हाल भैरहेका प्रयासहरू, बजार सम्बद्ध पक्षहरूको हालको परिस्थिति सम्बन्धमा दिइएको ज्ञापनपत्र तथा सोमा व्यक्त बजारप्रतिको चासोलाई दृष्टिगत गरी लगानीकर्ताको हित प्रवद्र्धनका लागि धितोपत्र बजार बन्द गर्ने निर्णय भएको हो ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को व्यवस्थाबमोजिम नेपाल स्टक एक्सचेञ्ज लि. सँग परामर्श गर्दा कोरोना भाइरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र कारोबारमा सहभागिता घटदो क्रममा रहेको पाइएकोले कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई दोस्रो बजारमा हुने नयाँ कारोबार केही समयका लागि बन्द गर्न आवश्यक देखिएको जानकारी बोर्डले विज्ञप्तिमार्फत दिएको छ ।

सोही आधारमा बोर्ड सञ्चालक समितिको पछिल्लो बैठकले हाल देशमा कोरोना भाइरसको त्रासबाट सिर्जित विषम परिस्थिति र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको परामर्शसमेतलाई मध्यनजर गरी लगानीकर्ताहरूको हकहित प्रवर्द्धनका लागि धितोपत्रबजारमा भैसकेका कारोबारको नियमानुसार राफसाफ तथा फछ्र्यौट गर्ने/गराउने गरी धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा १ को खण्ड (घ)बमोजिम बोर्डको विशेषाधिकार प्रयोग गरी बोर्डले सेयर कारोबार पाँच दिनको लागि बन्द गर्न नेप्सेलाई निर्देशन दिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया