Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसीमा नाका बन्द हुँदा समस्या

सीमा नाका बन्द हुँदा समस्या


चैत ११
गड्डाचौकी नाका बन्द गरिएको र कञ्चनपुरमा कफ्र्यु लागू गरेपछि भारतबाट नेपाल फर्किन लागेका नेपालीहरू नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । भारतका विभिनन्न ठाउँमा घर फर्किन लागेका नेपालीहरू नेपाल सरकारले गड्डाचौकी सीमा नाका बन्द गरेपछि अलपत्र परेका हुन् । भारतको उत्तराखण्ड सरकारले जनता कफ्र्युलाई जारी भए पनि गन्तव्यका लागि हिँडिसकेकाहरूलाई नेपाल फर्किन दिइए पनि नेपालमा भने प्रवेश दिएको छैन । उनीहरू दशगजा क्षेत्रमा बसिरहेका छन् ।

भारतबाट नेपालतर्फ आउन लागेका करिब तीन सय एक नेपालीलाई नेपाल छिर्न दिइएको छैन, जसमध्ये दुई गर्भवतीसहित ४९ महिला र बालबालिका रहेको रहेका छन् । सरकारले आइतबार रातिबाट सम्पूर्ण सीमानाका बन्द गर्ने घोषणा गरेको थियो । भारतमा पनि नोभेल कोरोना भाइरसको संक्रमणको त्रास फैलिरहेका बेला घर फर्किनेहरू नाकामा अलपत्र परेका हुन् ।

उनीहरूलाई नेपालमा प्रवेश दिने विषयमा अहिलेसम्म कुनै निर्णय नभए पनि उनीहरूलाई नेपाल प्रवेश गराउन पहल भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । उनले सीमा नाका बन्द गर्ने निर्णय भएका कारण प्रवेश नदिइएको बताए । प्रवेश दिने वा नदिने भन्ने बारेमा केन्द्र सरकारको आदेशपछि मात्रै टुंगो लाग्ने भए पनि आफूहरूले केन्द्रमा जानकारी गराइसकेको र यसका लागि केही समय लाग्ने बताए ।

उनका अनुसार उनीहरूलाई प्रवेश दिने तयारी भइरहेको छ र समय लाग्नसक्ने बताएका छन् । सरकारले समयमै निर्णय नलिएको र आवतजावतका लागि समेत समय नदिँदा आफूहरूले यस्तो समस्या भोग्नुपरेको र आफू सीमामै अलपत्र परेको दशगजामा बसेका नेपालीहरूले गुनासो गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया