लिला राई फाउण्डेशनद्धारा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई सम्मान
काठमाडौ,लिला राई फाउण्डेशनले सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई सम्मान गरेको छ । फाउण्डेशनले मंगलबार आयोजना गरेको आफ्नो प्रथम वार्षिक साधारणसभामा सामाजिक क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरुलाई सम्मान गरेको हो ।सम्मानित हुनेहरुमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका निवर्तमान महाप्रवन्धक गोविन्द प्रसाद दाहाल, वढिगाड गाउँपालिका बाग्लुङकी अध्यक्ष गण्डकी थापा अधिकारी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, ढोरपाटन नगर उपप्रमुख धन बहादुर कायत, हेल्पिङ ह्याण्डका प्रमुख डाक्टर देवेन्द्र गौतम लगायत रहेका छन् ।
उनीहरुलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र फाउण्डेशनकी अध्यक्ष लिलादेवी राई संयुक्त रुपमा सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पर्याप्त बजेट भएमा डेढ वर्ष भित्रमा नेपालका सबै भागमा विद्युतिकरण गरिसकिने बताए ।
उनले उज्यालो प्रदेश नामक अभियान नै चलाएर विद्युतिकरणमा जोड दिएको जानकारी दिए । कर्णाली र सुदुरपश्चिम प्रदेशमा मात्रै सबै भुभागमा विद्युत पु¥याउन २५ अर्व खर्च हुने उनको भनाई थियो । प्राधिकरणले ऋण लिएर उक्त प्रदेशमा विद्युतिकरण गरिरहेको बताए । यस्तै प्राधिकरणले आफ्नो नाफाको रकम समेत विद्युतिकरणमा खर्च गरिरहेको उल्लेख गरे । मधेश प्रदेशका सबै भुभागमा विजुली पुगेको जानकारी दिँदै उनले गण्डकी प्रदेशमा पनि केही समयभित्रै विद्युतिकरण भईसक्ने बताए ।
यस्तै कार्यक्रममा उनले नेपालमा ५५ लाख उपभोक्ताले बिद्युत उपभोग गरिरहेकोमा २२ लाख उपभोक्ताले मासिक ३० रुपैयामा विद्युत उपभोग गरिरहेको बताए । यस्तै सिँचाईको लागी प्रतियुनिट दुई रुपैयाँ, पानीको र विद्युतिय सवारीको चार्जिङको लागी प्रतियुनिट ५ रुपैयाँ लिने गरेको पनि उनले जानकारी दिए । फाउण्डेशनले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने गरेको संस्थाकी अध्यक्ष लिलादेवी राईले जानकारी दिईन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया