काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आयोजित छलफलमा पीडितले आफ्नो पक्षमा ऐन नआएको बताएका छन् । ऐनले मानव अधिकार उल्लङ्घन र गम्भीर मानवअधिकार उल्लङ्घन गरी दुई भाग बनाएको र राज्यबाट भएका घटना मात्रै गम्भीर उल्लङ्घनमा राखिँदा विद्रोही पक्ष वा अज्ञात समूहबाट भएको घटनाका पीडितले कानुनी उपचार पाउने बाटो बन्द भएको उनीहरुको गुनासो छ ।
“मेरो कति सम्पत्ति लुटियो, कति यातना पाएँ भन्ने मलाई मात्रै थाहा छ, मेरा साक्षी कति त मरिसके”, पीडित हरि सुवेदीले राससलाई भने, “मेरो पीडाबारे यो ऐन र विधेयकले केही पनि बोलेको छैन ।” उनले न्याय पाउने आशा मरेको बताए । अर्का पीडित सावित्री खड्काले विधेयक एक पक्षीय मात्र भएको बताए ।
कार्यक्रममा अधिकांश पीडितले न्यायका लागि ऐन नबोलेको गुनासो गरेका थिए । राजनीतिक भागबन्डामा आयोगहरु बनाउने, सोही अनुसार कार्यकर्ता भर्ती गर्ने र मुद्दालाई लामो समयसम्म राख्ने काम मात्रै भएको भन्दै राजनीतिक नेतृत्वमा इच्छाशक्ति अभाव भएको पनि बताए । एड्भोकेसी फोरम नेपालकी संस्थापक मन्दिरा शर्माले राज्यबाट आउने विधेयकमै त्रुटि भएर आएको बताइन् । सबैले अपनत्व गर्न सक्ने विधेयक नआएमा कानुन आउनु र नआउनुको भिन्नता नभएको भन्दै सबै पीडितले न्याय पाउनुपर्ने उनको भनाइ थियो ।
पीडितले न्याय पाउने, सके पीडितले नै क्षमादान गर्न सक्ने अवस्था हुनुपर्छ । राज्यले पीडितलाई नगद राहत मात्र नभई सान्त्वना दिन सक्ने कार्यक्रम ल्याएमा सशस्त्र द्वन्द्वका घाउहरु पुरिने उनको भनाइ थियो । कार्यक्रममा उच्च अदालत बागलुङका रजिष्ट्रार नेत्रप्रसाद भुसाल, जिल्ला अदालतका स्रेस्तेदार सूर्यप्रसाद भण्डारी, द्वन्द्व पीडित बद्रीबहादुर केसी, अर्की पीडित छमकुमारी बस्नेत, राजनीतिक दलका प्रतिनिधि समेतले बोलेका थिए । संसद्मा पेस भएको विधेयकमा आवश्यक सुझावसहित पठाएमा पीडितमैत्री बन्ने भएकाले छलफल गरिएको अधिवक्ता राम शर्माले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया