भैरहवा । नेपाल–भारत सीमा समन्वय बैठक भारतको नौतनवामा रहेको ६६औँ गण एसएसबी क्याम्प कार्यालय महाराजगञ्जमा मङ्गलबार सम्पन्न भएको छ ।
बैठकमा सीमामा शान्तिसुरक्षा, एकीकृत जाँचचौकी (आइसिपी)निर्माण, दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको नियमित मर्मत, मानव बेचबिखन, लागुऔषध तथा अन्य वस्तुको तस्करी नियन्त्रण लगायतका विषयमा छलफल भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले राससलाई बताए। उनले दुई देशबीच व्यापारको दृष्टिकोणले महत्वपूर्ण रहेको आइसिपी निर्माणमा देखिएको अस्पष्टता विषयमा बैठक केन्द्रित रहेको बताए ।
बेलहियामा निर्माणको क्रममा रहेको आइसिपीको ठेक्का प्रक्रिया सकिएको र केही दिनमै शिलान्यासको तयारी रहेको छ । यसका साथै बैठकमा भारतमा हुने आगामी नगरपालिकाका निकायको निर्वाचनमा नेपालको सहयोग विषयमा पनि छलफल भएको भारत महाराजगञ्जका प्रमुख जिल्ला अधिकारी सत्येन्द्र कुमारले जानकारी दिए । नगरपालिकाको निर्वाचनलाई मध्यनजर गर्दै सीमामा थप सतर्कता अपनाउन नेपाली पक्षसँग आग्रह गरेको र नेपाल प्रशासनले पूर्ण सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया