‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटनमार्फत प्रदेशले समृद्धि हासिल गर्ने बताएका छन् ।
बागलुङमा आज आयोजित चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यहाँ धेरै पर्यटकीय तथा धार्मिकस्थल रहेको हुँदा त्यसको विकास गरी समृिद्ध हासिल गरिनेछ भने। मुख्यमन्त्री अधिकारीले गण्डकीमा धेरै खोलानाला, तालतलैया र खानीहरु रहेको बताउँदै खनिज पदार्थको सही रुपमा उत्खन्न गरी रोजगार सिर्जना गर्ने र प्रदेशको गतिलो आयस्रोतको माध्यम बन्ने बताए ।
मुख्यमन्त्री अधिकारीले भने “गण्डकीमा धेरै सम्भावना छन्, यहाँ भएका स्रोत र साधनको सही प्रयोग भएका छैनन्, अब गण्डकी प्रदेश सरकार यसको प्रवर्द्धनमा लाग्छ, रोजगारी सिर्जना गर्छ ।” उनले उत्तरगङ्गा जलाशययुक्त हाइड्रोपावर निर्माण गर्ने बताए । यसले गण्डकी मात्रै नभइ सिङ्गो देशलाई उज्यालो बनाउने उनको भनाइ थियो ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ताजा अपडेट
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
- टेलिकमको नयाँ सेवा
- छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली
- बजेटले लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा शंका : परिसंघ
- मोबाइल किन्ने दुई जनालाई थाइल्यान्ड भ्रमणको अवसर
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया