Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसर्वसाधारणका लागि पौडी पोखरी खुला

सर्वसाधारणका लागि पौडी पोखरी खुला


काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ ।

आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिए । दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।

व्यक्तिगतका लागि प्रति सिफ्ट रू. दुई सय, मासिक रू चार हजार, त्रैमासिक रू. १० हजार, प्रशिक्षणसहित प्रतिमहिना रू. पाँच हजार र प्रशिक्षणसहित त्रैमासिक रू. १३ हजार शुल्क तोकिएको छ । गत वर्ष सिजनमा करिब ५० हजारले पौडी खेलेका थिए भने रू. एक करोड आम्दानी भएको प्रमुख कट्वालले राससलाई जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया