हामी मानवता वचाउँ संस्थाको चौथों वार्षिक साधारण सभा सम्पन्न
काठमाडौ, हामी मानवता वचाउँ (वी सेभ ह्युमानिटी) संस्थाको चौथों वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्कृतविद दिनवन्धु अर्यालको प्रमुख आतिथ्यतामा शनिबार संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा कोटेश्वर समाज सुधार युवा क्लबका अध्यक्ष सुबास रिमाल, सामुदायिक समाज एवं बिकास केन्द्रका महासचिव रबिन्द्र थापा, सामुदायिक प्रहरी सेवा केन्द्र महादेवस्थानकी सहायक कार्यालय प्रमुख सन्तोषी खड्का, आत्माज्ञान प्रचार प्रसार कोटेश्वर उपशाखाको प्रचार सहायक तारा तंडुकार लगायत बिभिन्न समाजसेवी ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका विशिष्ट सल्लाहकार यमलाल खनालले उपस्थित व्यक्तिहरुलाई स्वागत गरेका थिए भने संस्थाको केन्द्रिय कार्यवाहक अध्यक्ष दिनेशराज सुवेदीले संस्थाको उद्देश्य र स्थापना कालदेखी अहिलेसम्म गरिएको सामाजिक मानवीय कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
यस्तै संस्थाका संरक्षक श्रीराम लम्सालबाट संस्थामा आवद्ध आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । साथै प्रमुख अतिथी लगायत सम्पूर्ण अतिथिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया