Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजिल्लाभर ४८ थान पीपीई

जिल्लाभर ४८ थान पीपीई


दोलखा,तैच १४

जिल्ला प्रशासन कार्यालय दोलखाले कोरोना भाइरसको संक्रमित बिरामी देखा परेमा उनीहरूको उपचार तथा संक्रमणको परिक्षणका लागि आवश्यक सामग्रीको संकलन गर्न थालेको छ । दोलखामा हालसम्म ४८ थान पीपीई भित्रिएका छन् । तर, यो प्रयाप्त मात्रामा नभएको जिल्ला प्रशासन कायालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार र बिहीबार जिल्लाभित्र कोरोना संक्रमण रोकथामका लागि स्थानीय तहले गरेका कामहरूको संकलन गरेको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेका छन् । जिल्लामा आवश्यक पर्ने स्वास्थ्य सामग्री लिनकै लागि भनेर दोलखाका स्वास्थ्य प्रमुख विभुकुमार झा करिब एक साता अगाडि काठमाडौँमा पुगेका थिए । उनी बुधबार मात्रै जिल्ला फर्केका हुन् । उनले धेरै कोसिस गर्दा पनि अत्यावश्यक स्वास्थ्य सामग्री पाउन नसकेको चिन्ता व्यक्त गरे । त्यसैगरी जिल्लाका सबै स्थानीय तहले आइसोलेसन निर्माण कार्य अन्तिम चरणमा पु¥याएका छन् । जिल्लाभर हालसम्म ५९ वटा आइसोलेसन र दुई सय १० वटा क्वारेन्टाइन निर्माण भएका छन् ।

कोरोना भाइरसको संक्रमणको खतरालाई ध्यानमा राखेर जिल्लाका स्थानीय तहले बिहीबारसम्म उक्त संख्यामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गरिसकेको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । शर्माका अनुसार दोलखामा नन कन्ट्याक्ट थर्मल गन २० वटा भित्रिएका छन् । जिल्लामा धेरै बिरामी ल्याउने ठाउँ चरिकोटस्थित चरिकोट अस्पतालमा भने आठवटा आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको छ भने क्वारेन्टाइन निर्माण हुने प्रक्रियामा रहेको छ । यस अस्पतालमा हालको लागि भनेर दुईटा पीपीई र दुईवटा थर्मल गन दिएको छ । लकडाउनका समयमा पनि यस अस्पतालमा आकस्मिक सेवाका लागि दैनिक सयको हाराहारीमा बिरामी उपचार गर्न आउने गरेको प्रस्तावित चरीकोट अस्पतालका प्रमुख डाक्टर विनोद दंगालले जानकारी दिए । उनले अत्यावश्यक सामग्री अस्पतालले कमै मात्रमा पाएको गुनासो समेत गरे । साथै गाउँपालिकाहरूले भने आफैँले पीपीई र थर्मल गन किन्ने योजना बनाएको बताउँदै आएका छन् । सबै स्थानीय तहका आ–आप्mनै एम्बुलेन्स पनि रहेका छन् । दोलखामा करिब २७ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेको जिल्ला प्रशासनले कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया