Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसगरमाथा क्षेत्रमा तीन सय बढी पदयात्री अलपत्र

सगरमाथा क्षेत्रमा तीन सय बढी पदयात्री अलपत्र


सोलुखुम्बु,चैत १४
सगरमाथा पदयात्रा मार्गमा पदयात्रमा निस्किएका तीन सयभन्दा बढी पदयात्री अलपत्र परेका छन । खुम्बु क्षेत्र भ्रमणका लागि आएका मध्ये लुक्लामा मात्र एक सय १९ जना विदेशी पदयात्री अलपत्र परेको बताइएको छ । अकस्मात रूपमा नेपाललाई लकडाउनका घोषणा गरेका कारण उनीहरू अलपत्र परेका हुन् । लकडाउनका कारण यातायात, होटेल तथा अन्य सबै सेवा बन्द भएपछि पदयात्री अलपत्र परेका बताइएको छ । लुक्लामा रहेका ट्रेकिङ गाइड रमेश तामाङका अनुसार ११९ विदेशी पदयात्री लुक्लामा रोकिएका छन् । उनिहरू सुरक्षितरूपमा फर्किन पाउने प्रतीक्षामा रहेको उनले बताए । अकस्मात घोषणा भएको लकडाउनका कारण यसअघि नै पदयात्रामा निस्किएका पर्यटक अलपत्र परेका छन । उनीहरूलाई उद्धारका लागि सुरक्षा निकाय, स्थानीय सरकार र अन्य सरोकारवालासँग अनुरोध गरिएको उतामाङको भनाइ छ । लुक्लाभन्दा माथि विभिन्न स्थानमा दुई सय हाराहारी पर्यटक अलपत्र परेको तामाङको भनाइ छ । उनिहरूको यकिन तथ्याङ्क सङ्कलनको कामसमेत भइरहेको उनको भनाइ छ । पर्वतारोहणको सिजन भएकाले यो समयामा हजारौँ पर्यटक सगरमाथा आधार शिविरसम्म पदयात्रा निस्कन्छन् । तर, कोरोना भाइरसको संक्रमणका कारण यो वर्षको मुख्य पर्यटकीय सिजन भने प्रभावित बनेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटकबाट शुल्क लिने गरेकाले अलपत्र पर्यटकको उद्धारमा समेत गाउँपालिकाले पहल लिनुपर्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । पर्यटक अलपत्र भइरहेकको अवस्थामा यता गाउँपालिकाले भने उद्धारको पहल भइरहेको बताएको छ । गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले उदारका लागि पहल भइरहेको बताए । पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा यस विषयमा कुरा गरिएको उनको भनाइ छ । तर, अन्तर्राष्ट्रिय उडान नै बन्द रहेको अवस्थामा पर्यटकलाई काठमाडौँ पु¥याउँदैमा समस्याको समाधान नहुने उनले बताए ।
शेर्पाले अहिले यसको एकिन तथ्याङ्क नआएकाले करिब दुई सयको हाराहारीमा पर्यटक खुम्बु क्षेत्रमा रहेको बताए । पर्यटकहरू लुक्लाबाट काठमाडौँ गए पनि अन्तर्राष्ट्रिय उडान समेत बन्द रहेको अवस्थामा काठमाडौँभन्दा लुक्लामा नै सुरक्षित रहेको उनको तर्क छ । अहिले पर्यटक उनीहरू सुरक्षितरूपमा होटलमा बसिरहेको उनले जानकारी दिए । काठमाडौँ गएर पनि उनिहरू स्वदेश फर्किन नपाउने भएकाले पनि अलिहे केन्द्र सरकारको निर्णयअनुसार नै आफुहरूले पर्यटकलाई स्थानीयस्तरमै सुरक्षित स्थानमा बस्न आग्रह गरेको प्रवक्ता शेर्पाले बताए । सरकारले केही निर्णय गरेर उद्धारका लागि हेलिकप्टर वा जहाज पठाएमा तुरुन्तै उद्धार हुने उनले बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया