जिल्ला अस्पताल फाप्लु तीन वर्षदेखि निमित्तको भरमा
सोलुखुम्बु । सदरमुकाममै रहेको जिल्ला अस्पताल फाप्लु ३ वर्षदेखि निमित्त प्रमुखको भरमा सञ्चालन भइरहेको छ । विसं २०७६ सालदेखि अस्पताल निमित्त प्रमुखको भरमा सञ्चालन भइरहेको हो । जिल्ला अस्पतालको प्रमुख ९औँ तहको मेडिकल सुपरिटेन्डेन हुनुपर्ने भए पनि हाल ७औँ तहको नर्सले चलाइरहेकी छिन् ।
तत्कालीन मेडिकल सुपरिटेन्डेन डा. छिरङ शेर्पाको सरुवा भएसँगै त्यसयता अस्पताल स्टाफ नर्स सानी शेर्पाले चलाइरहेकी छन् । हाल प्रमुखको पद खाली रहेको छ भने कोशी प्रदेशबाट सुपरिटेन्डेनको तलब भक्ताबापत आउने वार्षिक करिब २६ लाख रकम यत्तिकै फिर्ता जाने गरेको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताइन् । प्रदेश सरकारले स्थायी एमडीजीपी डाक्टरको व्यवस्थापन गर्न नसक्दा तीन वर्षदेखि अस्पताल निमित्तको भरमा सञ्चालन गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले बताए । नागरिकको स्वास्थ्यसँग जोडिएको यस विषयमा आफूले संघ र प्रदेश सरकारसँग समन्वय गरिरहेको उनको भनाइ छ ।
१८ जनाको स्थायी दरबन्दी रहेको १५ बेडको फाप्लु अपतालमा हाल छ जना मात्रै स्थायी कर्मचारी छन् । जसमा एक जना वरिष्ठ अस्पताल निरीक्षक, एक जना स्टाफ नर्स, दुई जना सिनियर अनमी, ल्याब असिस्टेन एक जना र कार्यालय सहयोगी एक जना छन् । अन्य १२ जनाको दरबन्दी भने खाली रहेको अस्पताल स्रोतले जनाएको छ । तर आफूहरुले विभिन्न संघसंस्था तथा सरकारी निकायहरुसँग समन्वय गरेर करारमा चिकित्सक तथा अन्य कर्मचारीहरु राखेर अस्पताल सञ्चालन गरिरहेको निमित्त अस्पताल प्रमुख शेर्पाले बताइन् ।
१५ बेडको मान्यता प्राप्त अस्पताल भए पनि हाल ५० बेडकै रुपमा सञ्चालन भइरहेको उनको भनाइ छ । बिरामीको चाप अधिक हुँदा आफूहरुले ५० बेडकै सेवा प्रवाह गरिरहे पनि कर्मचारीको दरबन्दी कम हुनु र भएका दरबन्दी समेत खाली हुँदा सेवा प्रवाहमा चुनौती रहेको निमित्त प्रमुख शेर्पाले बताइन् । तर बिरामी र बिरामीका आफन्तहरु भने अस्पताल भौतिक संरचनाको रुपमा अब्बल रहे पनि सेवामा सुधार हुन नसकेको गुनासो गर्छन् ।
बिरामीका कुरुवा बालाराम श्रेष्ठले भने, ‘जिल्ला अस्पतालमा ठूलो भरोसा लिएर बिरामी पुग्छन्, तर सामान्यभन्दा सामान्य उपचारका लागि समेत ओखलढुंगा रिफर गर्ने प्रवृत्ति रोकिएको छैन, भर्ना गरेर राखेको बिरामीले डाक्टर भेट्न त भोलिपल्ट बिहानै कुर्नुपर्छ भने अरु त के अपेक्षा गर्नु !’ अस्पतालको सेवाबारे सेवाग्राही सन्तुष्ट देखिँदैनन् । ‘जिल्ला अस्पताल भौतिक संरचनाको हिसाबमा गर्व गर्न लायक छ, तर सेवा भने गएगुज्रेकै छ, खै सेवा कहिले सुध्रिने हो ?’, सेवाग्राही माप्यदुधकोशीका नविन राईले भने ।
सगरमाथामा आरोही सर एडमन्ड हिल्लारीले करिब ५४ वर्षअघि स्थापना गरेको फाप्लु अस्पतालमा आधा शताब्दीपछि सुविधा सम्पन्न भवन निर्माण भएको छ । नेपाल सरकारको सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो । करिब ६४ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा झण्डै सात रोपनी क्षेत्रफलमा नयाँ भवन निर्माण भएको अस्पताल प्रशासनले जनाएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया