नेपाल वायुसेवा निगमको चरम लापरबाही
रेल विभागका महानिर्देशकसहित दर्जनौ यात्रु दिल्ली एयरपोर्टमा अलपत्र
काठमाडौं,नेपाल वायुसेवा निगमले यात्रुहरुलाई पूर्वजानकारी बिना आफ्नो अन्तर्राष्ट्रिय उडान स्थगित गरेर चरम लापरबाहीलाई निरन्तरता दिएको छ । आज चैत २८ गते मंगलबार दिल्लीबाट काठमाडौं उड्नुपर्ने निगमले बिना पूर्वजानकारी उडान रद्द गर्दा दर्जनौं यात्रुहरु भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् ।
काठमाडौं उडानको लागि निगमको टिकट लिएका एक यात्रुका अनुसार सोमबार दिल्लीस्थित एजेन्सीसँग मंगलबार बिहानको उडानको बारेमा जानकारी लिएका थिए । टिकट काट्ने एजेन्सीले मंगलबार बिहानको उडानमा कुनै फेरबदल नभएको जानकारी दिएका थिए ।
उडान फेरबदल भएको बारेमा कुनै जानकारी नभएपछि यात्रुहरु १० बजेको दिल्ली–काठमाडौं उडानका लागि बिहान ७ बजे नै इन्दिरा गान्धी अन्र्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । तर, निगमको काउन्टर फेला नपरेपछि सोधखोजमा लागेका थिए । कसैले पनि जवाफ नदिएपछि केही यात्रुले निगमको दिल्लीस्थित कार्यालयका कन्ट्री मेनेजर शैलेन्द्र साह र दिल्ली एयरपोर्टको निगमका एयरपोर्ट मोनेजर रवि महर्जनलाई सम्पर्क गरेका थिए ।
साह र महर्जनले एजेन्सीलाई उडान तालिका परिवर्तनको बारेमा जानकारी दिएको बताएका थिए । त्यसपछि केही यात्रुले एजेन्सीसँग कुरा गरेका थिए । एजेन्सीले आफूलाई फोन, म्यासेज वा इमेल कतैबाट पनि उडान परिवर्तन वा रद्दको जानकारी नआएको र निगमले जानकारी दिएको हो भने त्यसको प्रमाण पेश गर्न भनेका थिए ।
निगमका केही कर्मचारीले दिल्ली–काठमाडौं उडानको केही भारतीय एयरलाईन्ससँगको मिलेमतोमा उडान तालिकालाई अनियमित गराउने र यात्रुहरुलाई निगमको उडान भरपर्दो छैन भन्ने सन्देश दिने गरेको पत्तो लागेपछि सोही उडानमा टिकट लिएका नेपाल सरकारका सहसचिव एंव रेल विभागका महानिर्देशक रोहित विसुरालले निगमका दिल्लीस्थित कन्ट्री मेनेजर साह र एयरपोर्ट मेनेजर महर्जनलाई यात्रुहरुलाई दुःख दिएर निगमको छवि धुमिल बनाउने काम किन गरेको भनेर प्रश्न गरेका थिए ।
त्यसको जवाफमा साह र महर्जनले आफूहरुको पनि प्राइभेट लाइफ हुने भन्दै फोन नगर्न भनेका थिए । त्यसको जवाफमा महानिर्देशक बिसुरालले निगमको जिम्मा लिएर बसेपछि प्राइभेट लाइफ भनेर नबस्न भन्दै आफ्नो परिचय दिएका थिए ।
नेपाल सरकारको सहसचिव स्तरको कर्मचारीले फोन गर्दा उल्टै थर्काउने प्रयास महर्जन र साहले गरेपछि एक यात्रुले आर्थिक दैनिकलाई उक्त विवादको जानकारी दिएका थिए ।
त्यसपछि आर्थिक दैनिकको सम्पर्कमा आएका रेलविभागका महानिर्देशक विसुरालले निगमको कर्मचारीको चरम लापरबाहीले निगमको अन्तर्राष्ट्रिय छबिमा धक्का लागेको आफूले महसुस गरेको भन्दै निगमको बेथिति बढेको बताए ।
‘अन्तर्राष्ट्रिय उडान त्यसरी परिवर्तन वा रद्द गर्दा एयरलाईन्सको छबिमा नकारात्मक असर पार्छ’, रेल विभागका महानिर्देशकसमेत रहेका यात्रु बिसुरालले आर्थिक दैनिकसित भने, ‘यदि उडान रद्द वा परिवर्तन भएमा यात्रुहरुलाई सम्मानजनक व्यवहार गरेर बस्ने र खाने व्यवस्था निगमले गर्नुपर्ने थियो ।
तर, मंगलबार दिल्लीमा त्यो पनि गरिएन । झगडा गरेपछि मात्र निगमका कर्मचारीहरुले १ बजे नै बोर्डिङ पास दिएर त्यसपछि खानपिनको व्यवस्था गर्ने आवश्वासन दिए ।’निगमले आज बिहान १० बजेको सट्टा दिउँसो ४ः२० बजे दिल्ली काठमाडौं उडान भर्ने तयारी गरेको छ । मंगलबार बिहानको उडान रद्द भएपछि केही यात्रुहरु अर्कैै विमानबाट काठमाडौं उडेका छन् केही केहीलाई ४ः२० बजेको उडानमा सिफ्ट गरिएको छ ।
अहिले काठमाडौं–दिल्ली–काठमाडौं उडानमा तीब्र प्रतिस्पर्धा छ । निगमको विमानकै भाडामा भारतीय विमानहरुले पनि उडान गर्ने गरेको कारण यात्रुहरुले भरपर्दो भनेर भारतीय उडानलाई रोजेका छन् । यसको खास कारण निमगका कर्मचारीहरुको बद्मासी देखिन्छ । ‘भारतीय एयरलाईन्सहरुसँगको साँठगाँठमा निगमका कर्मचारीले काम गरेको देखियो’, अर्का यात्रुले आर्थिक दैनिकसित भने, ‘नेपाली ध्वजावाहक विमानलाई माया गरेर टिकट काट्दा पनि निगमकै कर्मचारीहरुले अर्को विमान रोज्न बाध्य पार्ने गरेका छन् ।
यसले निगमको व्यवसायलाई टाट पल्टाउने प्रयास निगमभित्रैबाट भएको देखिन्छ ।’निगमले लापरबाही गर्दा नियमित औषधि सेवन गर्नुपर्ने बिरामीलाई थप मर्का परेको छ । ‘बिहानै एयरपोर्ट आएका यात्रुहरुले समयमा खान नपाउँदा उनीहरुको औषधि सेवनको तालिका नै परिवर्तन हुन पुगेको हो ।
निगमको व्यवस्थापन नै खराब भएपछि त्यसका कर्मचारीहरु पनि खराब मार्गमा लागेका हुन् । सोही कारण निगमको छबि अन्र्राष्ट्रिय स्तरमा सुधार हुन सकेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया