Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाले अर्थतन्त्र संकटमा परेको चिन्ताको कारण जर्मन मन्त्रीद्वारा आत्महत्या

कोरोनाले अर्थतन्त्र संकटमा परेको चिन्ताको कारण जर्मन मन्त्रीद्वारा आत्महत्या


काठमाण्डौं,चैत १७

जर्मनीको हेस स्टेटका अर्थमन्त्री टोमस साफरले आत्महत्या गरेका छन् । एएफपीका अनुसार विश्व महामारी कोरोना भाइरसले अर्थतन्त्र संकटोन्मुख भएको चिन्ताका कारण उनले आत्महत्या गरेको आइतबार स्टेट प्रिमियर वल्कर बफिरले बताएका हुन् । ५४ वर्षका उनी शनिबार रेलवे ट्र्याकमा मृत भेटिएका थिए । द विस्बाडेन प्रोसिक्युसन्स अफिसले उनले आत्महत्या गरेको विश्वास गरेको छ । ‘हामी पत्याउनै सकिरहेका छैनौँ, विश्वास नै लागिरहेको छैन, हामी चिन्ताग्रस्त छौँ’, बफिरले रेकर्ड गरिएको वक्तव्यमा भनेका छन् । हेसलाई जर्मनीको वित्तीय राजधानी फ्रान्कफर्टको घर मानिन्छ । जहाँ ड्युच बैंक र कमर्जबैंकको मुख्यालय छ । त्यस्तै युरोपेली केन्द्रीय बैंक पनि त्यहीँ छ । बफिरले साफर हेसको वित्तीय प्रमुखको रुपमा १० वर्ष काम गरेको सम्झिँदै कोरोना महामारीको बेला उनले कम्पनी र कामदारको लागि दिनरात काम गरेको बताए।

‘आज, हामी सहजै अनुमान लगाउन सक्छौँ – उनी अर्थतन्त्रलाई लिएर निकै चिन्तित थिए’, चान्सलर एंगेला मर्केलका नजिक मानिने बफिरले भने, ‘यस्तो भयावह परिस्थितिमा साफर हामीलाई निकै चाहिने व्यक्तिमा पर्थे ।’ उनी निकै चर्चित र सम्मानित व्यक्ति रहेको बताइएको छ । उनले बफिरलाई आफ्नो उत्तराधिकारी समेत रहेको सार्वजनिक रुपमै बताउँथे । साफिर सेन्टर राइट सीडीयू पार्टीका नेता थिए । उनका श्रीमती र दुई सन्तान रहेका छन् ।
(द स्ट्रेट्स टाइम्सबाट अनुवाद)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया