
धनगढी,चैत १७
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासले सुदूरपश्चिमका निजी अस्पतालसमेत बन्द भएका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकाले आह्वान गरेको लकडाउनमा सुदूरपश्चिमका निजी अस्पताल र फार्मेसीहरूसमेत बन्द भएका हुन् । लकडाउनका बेला अस्पताल तथा मेडिकल खोल्न सरकारले आग्रह गरेको छ । तर, सुदुरपश्चिमका सेती प्रादेशिक अस्पताल नजिक रहेका फार्मेसीदेखि लिएर निजी अस्पातलहरू बन्द रहेका छन् । केही निजी अस्पताल खुला रहे पनि बिरामीलाई भर्ना गर्ने गरेका छैनन् । मौसम परिपर्वनसँगै अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ ।अस्पतालमा कोरोना भाइरसको चेकजाँचका लागि उपकरण नभएकाले भर्ना लिन नमानेको निसर्ग अस्पताल व्यवस्थापन समितिले जनाएको छ । लकडाउनको छैटौँ दिन आइतबार पनि यहाँका सबै अस्पताल तथा मेडिकल पसल बन्द रहेका छन् ।
धनगढीमा एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि यहाँका सर्वसाधरण तथा डाक्टरहरू घरभन्दा बाहिर निस्कन डराइरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले डाक्टरहरूलाई सुरक्षा कवच पीपीईको व्यवस्थापन नगरेका कारण समस्या परेको सेती प्रादेशिक अस्पतालका एक डाक्टरले बताए । आवश्यक स्वास्थ्य उपकरण नभएका कारण निजी अस्पताल बन्द भएको उनले बताए । सेती प्रादेशिक अस्पतालमा अहिले सात बेडको आइसोलेसन कक्ष छ । ५ जना बढी संक्रमण देखिएमा उपचार गर्न गाह्रो हुने सेती अञ्चल अस्पतालका आकस्मिक कक्ष प्रमुख डाक्टर जगदीश जोशीको भनाइ रहेको छ । ‘हामीसँग, बिरामीको नजिक जान मास्क, तथा गाउन छैन्’, उनले भने, ‘सामग्री अभावमै काम गर्न बाध्य छौँ ।’ प्रदेश सरकराले भारतबाट आएकाहरूलाई निगरानी राख्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई पत्राचारसमेत गरेको छ । प्रदेश सरकारले बिरामीको स्वास्थ्य परीक्षण गर्न डोटीको बुडर र बैतडीको खोड्पेमा हेल्थ–डेक्स राख्ने तयारी थालेको छ । कैलाली जिल्लाका प्रमुख जिल्ला अभिकारी यज्ञराज बोहराका अनुसार अस्पताल बन्द नगर्न सबैलाई सूचना दिएको बताए ।
ताजा अपडेट
- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै ‘अपोइन्टमेन्ट’
- वृज सिमेन्टद्वारा नेपाल स्टारका सिद्धान्त खड्कालाई आवास निर्माणमा सहयोग
- टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक
- एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लान
- अशोक लेल्यान्डको मेगा विन्टर सर्भिस क्याम्प
- नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद् गठन
- पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली
- राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवर्द्धन कार्यक्रम सुरु
धेरैले पढेको
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- विद्यार्थीलाई न्यानो कपडा वितरण
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- निःशुल्क स्वास्थ्य शिविर
- डिजिटल नेपाल र शिक्षा क्षेत्र
- लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा
- अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
- सडकलाई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनैपर्ने सरकारको निर्णय
तपाईको प्रतिक्रिया