नयाँ वर्षमा सबै देशवासीमा राष्ट्रिय एकता कायम रहोस् : पूर्वराष्ट्रपति यादव
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नयाँ वर्ष २०८० मा सम्पूर्ण देशवासीमा राष्ट्रिय एकता कायम रहने प्रेरणा मिलोस् भनी कामना गरेका छन् । नयाँ वर्ष २०८० का अवसरमा शुक्रबार जारी गरेको शुभकामना सन्देशमा उनले सम्पूर्ण नेपालीको सुख समृद्धिको कामनासमेत गरेका छन् ।
पूर्वराष्ट्रपति डा. यादवले दशकौँको नेपाली नागरिकको ठूलो त्याग, तपस्या र बलिदानीबाट गणतान्त्रिक लोकतन्त्र स्थापना भएकाले यसको स्थायित्व नै आजको आवश्यकता भएको राससलाई बताए । सन्देशमा उनले भनेका छन्, “लोकतन्त्र सबैभन्दा उत्तम व्यवस्था हो, यसको उपभोग सबै नेपालीले समान रुपमा गर्न पाऊन्, नयाँ वर्षमा परिवार, समाज र राष्ट्रको प्रगति हुन सकोस् ।”
लोकतन्त्र नै सभ्य समाज निर्माणका लागि सबैभन्दा समुन्नत व्यवस्था भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा. यादवले सबै नागरिकले आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिकलगायतका अधिकार समानरुपमा उपभोग गर्न पाउनुपर्नेमा सो सन्देशमा जोड दिएका छन् ।
सन्देशमा भनिएको छ, “आज हामी यस्तो गणतान्त्रिक लोकतन्त्रिक समावेशी व्यवस्थामा आइपुगेका छौँ, जुन वर्षौंको त्याग तपस्याले मात्र सम्भव भएको हो, यसलाई सबैले मनन गरौँ र यसबाट लाभलिन सिकौँ, सबैले सबैसँग आपसी सद्भाव कायम राख्न सकौँ ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया