Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजार अभावमा नोक्सानी बेर्होदै कृषकहरू

बजार अभावमा नोक्सानी बेर्होदै कृषकहरू


बुटवल,चैत १८

कोरोना भाइरस (कोभिड–१९) को प्रभावले कृषि क्षेत्रमा धेरै समस्या उत्पन्न गरेको छ । संक्रमण फैलनबाट रोक्न राज्यले लकडाउन गरेसँगै कृषि उत्पादनहरूले उचित बजार नपाउँदा कृषि क्षेत्र समस्यामा परेको हो । विशेष गरेर दुध उत्पादक कृषकहरू यसको बढी मारमा परेका छन् । राज्यको फितलो बजार व्यवस्था र उपभोक्ता सम्म पु¥याउन सवारी साधन अभाव हुँदा एकातिर उपभोक्ता उपयोगबाट वञ्चित भएका छन् भने अर्कोतर्फ किसानहरूले बजार नपाउँदा दैनिक जसो नोक्सानी सहनु पर्ने बाध्यतात्मक अवस्थाको सृजना भएको छ । आवश्यक दाना आपुर्ती हुन नसक्दा पशुहरूलाई पर्याप्त आहार खुवाउन नपाउनुले दुध उत्पादन त दिन÷प्रतिदिन घटेको छ त्यसमा पनि पशुहरूलाई कसरी बचाउने भन्ने चिन्ता उत्तिकै छ । लुम्बिनी एग्रो प्रोटक्ट एण्ड रिसर्च सेण्टर तिलोत्तमा–१४, रूपन्देहीका सञ्चालक शशी पौडेले सुरुको दुई दिन दुध दुहिएर गाईलाई नै खुवाएको बताए । पौडेलले भने, ‘तेस्रो दिनबाट दुधलाई विविधीकरण गरेर बाच्नु पर्छ भन्ने ठानेर पनिर, घ्यू, खुवा बनाएका छौँ ।’ बजार व्यावस्थापनमा केही समस्या देखिएपनि थोरै धेरै बिक्री हुँदा बाच्न सक्ने वातावरणको सृजना गरेको उनको भनाइछ । दाना अभावले दैनिक दुई हजार दुई सय लिटर दुध उत्पादनमा ह्रास भई एक हजार लिटरमा झरेको छ । ‘हरियो घाँस लगाउने समय हो । घाँसको बिउ पाइएको छैन । हरियो घाँस नहुँदा भएको परालको स्टक पनि दिन÷प्रतिदिन घट्दै गएको छ । मुस्किलले २०÷२५ दिनसम्म चल्न सक्छ । जिम्मेवारी बोकेका सरकारका कार्यकारीहरूलाई सैद्धान्तिक कुरा मै भ्याई नभ्याई छ । किसानका समस्या हेर्ने फुर्सद कसलाई छ र ? मर्ने मरिरहन्छ बाँच्ने मरेको देखेर हाँसिरहन्छ । राज्यले सहयोग गर्ने भनेकै अप्ठ्यारो परेको बेलामा हो । सहज अवस्थामा सबैले आ–आफ्नै तौरतरिकाबाट गरेर खान्छन् । किसानलाई अप्ठ्रो परेको बेला कृषि मन्त्रीले पत्रकार सम्मेलन गरेर आदर्शका कुराहरू मात्र गर्दछन् । व्यावहारिकता नहुने सैद्धान्तिक कुराले कुनै अर्थ राख्दैन’, उनले भने ।

कोरोना एक बाहना भएको बताउँदै पौडेलले कोरोनाकै नाममा भ्रष्टाचार गर्न पनि पछि नपर्ने बताए । उनले भने, ‘भारतबाट पाउडर दुध मगाउने हल्ला चलाएका छन् । उपभोक्ता खान नपाएर मरेका छन् । कृषक बिक्री नभएर समस्यामा छन् । राज्यले रमिता हेरेर बसेको छ । डीडीसीले दुध संकलन बन्द गर्दा आम कृषकहरू समस्यामा छन् । साधनको पर्याप्तता गराएर उपभोक्तासम्म दुध पु¥याउन नसक्नु नै सरकारको मुख्य कमजोरी हो ।’‘उपभोक्तासम्म दुध पु¥याउने वातावरण बनाउने खपत भए हुन्छ, नहुने अवस्था देखिए डीडीसीलाई पाउडर बनाएर स्टक राख्न निर्देशन दिएपनि हुन्छ । यहाँ के भयो भने किताब पढेकै आधारमा दक्ष ठानेर सवारी साधन चलाउन दिइयो । प्रयोगात्मक अवस्था शून्य हुँदा सवारी साधन दुर्घटनामा प¥यो । अहिलेको देशको अवस्था पनि त्यहि हो । असक्षम व्यक्तिलाई सैद्धान्तिक शब्दहरू पोखेकै आधारमा दक्ष ठानेर लाइसन्स दिनु । सरकारका केही मन्त्रीहरूको कार्यशैली हेर्दा सामाजिक विकासको लागि राष्ट्रियतामा भन्दा व्यक्तिगत प्रतिष्ठा विकासमा बढी हावी भएको देखिन्छ । राज्यको फितलो व्यवस्थापनले किसानहरूले दैनिकरूपमा लाखौँरूपैयाँ नोक्सानी बेहोर्नुपरेको छ ।’त्यस्तै तिलोत्तमा–१४ का सामूहिक बहुउद्देश्य पशुपालन कृषक समूहका कृषक ज्ञान प्रसाद भुर्तेल राज्यको फितलो व्यवस्थापन नै मुख्य कमजोरी रहेको बताउँछन् । भूर्तेलले भने, ‘अन्य खाद्यन्न जस्तो दुधलाई धेरै दिन राख्नसक्ने अवस्था हुँदैन । प्रयोग भए भयो नभए बिग्रियो । सुरुको दुईदिन त पोखरीमा राख्ने, छरछिमेकमा बाँड्ने, भैसींलाई दिने गरेर सक्यौँ । लगानी पनि उठ्न नसक्ने अवस्था देखिएपछि बाँच्नकै लागि आफ्नै पहलमा घर–घर सुविधा अभियान चलाएर केही खपत गर्ने अवस्था सृजना भएको छ । मुख्य समस्या भनेको डीडीसीले दुध खरिद नगर्नु हो ।’ ‘फर्ममा उत्पादन हुने चार सय लिटर दुधको ८० प्रतिशत डीडीसीमा जान्थ्यो । यो बेला भनेको सरकारले पशुलाई खुवाउने आहार र दुध भण्डारण तथा विविधीकरण गरेर किसानलाई राहत दिने समय हो । देशलाई दुधमा आत्मनिर्भर बनाउनु पर्छ भन्ने सोचका साथ बैंकबाट ऋणधन गरेर पेशा गरेका कृषकहरूलाई गलपासो हुन्छ की भन्ने त्रास पनि छ,’ उनले भने । राज्यले कृषिमा निर्भर देशको अर्थतन्त्रलाई मजबुत बनाउन कृषकहरूलाई प्रोत्साहनका कार्यक्रमसहित आकर्षण बढाउन नसके बढ्दै गएको कृषि आकर्षण फेरि घट्नसक्ने उनको बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया