हरेक समस्यालाई ब्याजसँग नजोड्न गभर्नर अधिकारीको आग्रह
काठमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालले १३ खर्ब १९ अर्ब रुपैयाँबराबरको कुल वैदेशिक व्यापार गरेको छ । जसमा १२ खर्ब एक अर्ब रुपैयाँको आयात भएकोे छ भने एक खर्ब १८ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । यो अवधिमा १० खर्ब ८३ अर्ब रुपैयाँ व्यापारघाटा भएको छ ।
भन्सार विभागका अनुसार नेपालले एक सय ४१ मुलुकसँग द्धिपक्षीय सहित एक सय ६३ मुलुकसँग व्यापार गर्दै आएको छ । निर्यात व्यापारको तुलनामा आयात व्यापारको हिस्सा अत्यधिक हुँदा नेपालले अन्य मुलुकसँग गर्ने व्यापारमा सधैँ घाटा व्यहोर्नुपरेको छ ।
भन्सार विभागका अनुसार पेट्रोलियम पदार्थ, स्टिल तथा आइरन, सवारी साधन, विद्युतीय उपकरणलगायतका सामग्रीको आयात उच्च हुने गरेको छ ।
बाह्य क्षेत्र दबाबमा परेपछि चालू आर्थिक वर्षको सुरुमा सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्ध गरेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले पनि १५ सय हाराहारी वस्तुको आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि यस वर्ष वैदेशिक व्यापार केही खुम्चिएको हो ।
विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको नौ महिनाको तुलनामा आयात १८ दशमलव शून्य आठ प्रतिशतले घटेको छ । यस्तै निर्यात २६ दशमलव ३४ प्रतिशतले घटेको छ । व्यापारघाटा पनि १७ दशमलव शून्य छ प्रतिशतले कम भएको छ ।
गत आर्थिक वर्षको चैत मसान्तसम्म १६ खर्ब २७ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । जसमध्ये आयात १४ खर्ब ६६ अर्ब, निर्यात एक खर्ब ६० अर्ब रुपैयाँबराबर रहेको थियो भने व्यापारघाटा १३ खर्ब छ अर्ब रुपैयाँ थियो ।
दुई खर्ब ६१ अर्बको पेट्रोलियम पदार्थ आयात
चैत मसान्तसम्म नेपालले दुई खर्ब ६१ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ । जसमध्ये डिजेल एक खर्ब १२ अर्ब ४० करोड ८३ लाख रुपैयाँ, पेट्रोल ४९ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ, खाना पकाउने ग्यास ४४ अर्ब ८४ करोड ८६ लाख रुपैयाँको आयात भएको छ । यस्तै हवाइ इन्धन १६ अर्ब १५ करोड रुपैयाँ, कोइला १९ अर्ब ३३ करोड रुपैयाँको आयात भएको छ ।
पेट्रोलियम पदार्थपछि स्टिल र आइरनको आयात उच्च छ । स्टिल र आइरन एक खर्ब रुपैयाँबराबरको आयात भएको छ ।
चैतसम्म ३६ अर्ब ४४ करोड रुपैयाँबराबरको सवारीसाधन तथा पार्टपुर्जाको आयात भएको छ । यस्तै विद्युतीय उपकरण र पार्टपुर्जाकोे ७३ अर्ब ६७ करोड रुपैयाँको आयात भएको छ ।
विभागका अनुसार कच्चा भटमास ३० अर्ब ४६ लाख रुपैयाँ, कच्चा पाम २२ अर्ब चार करोड ३० लाख रुपैयाँ, कच्चा सूर्यमुखी १३ अर्ब २९ करोड २३ लाख रुपैयाँको आयात भएको छ ।
२५ अर्ब २५ करोड रुपैयाँ बराबरको तरकारीजन्य वस्तु आयात भएको छ । पाँच अर्ब ३३ करोड रुपैयाँको आयात भएको छ ।
यसबाहेक १८ अर्ब ६६ करोड रुपैयाँको मोबाइल आयात भएको छ । सुन १७ अर्ब २८ करोड रुपैयाँको आयात भएको छ ।
समीक्षा अवधिमा पेट्रालियम पदार्थ, स्टिल तथा आइरन, सवारीसाधन, सुन, विद्युतीय सामग्री, भटमास, खाद्यान्न, औषधि र विद्युतीय सामग्रीको आयात उच्च छ ।
भारतसँग ६३ प्रतिशत व्यापार
भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक हो । चालू आर्थिक वर्षको नौ महिनामा नेपालले भारतबाट सात खर्ब ५३ अर्ब ७५ करोड रुपैयाँको आयात गरेको छ । यो अवधिमा भारतमा ८२ अर्ब ९८ करोड रुपैयाँको निर्यात भएको छ । भारतसँग छ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँको व्यापारघाटा भएको छ । भारतसँग मात्रै ६१ दशमलव ९२ प्रतिशत व्यापारघाटा छ ।
भारतपछि चीनसँगको व्यापार सबैभन्दा ठूलो छ । चैत मसान्तसम्म नेपालले चीनबाट एक खर्ब ६२ अर्ब ४४ करोड रुपैयाँको आयात गरेको छ भने ६३ करोड रुपैयाँबराबरको निर्यात गरेको छ । चीनसँगको व्यापारघाटा एक खर्ब ६१ अर्ब ८१ करोड रुपैयाँबराबर छ । जुन कुल व्यापारघाटाको १४ दशमलव ९३ प्रतिशत हो ।
पाम तेल सबैभन्दा धेरै निर्यात
यस वर्ष पनि नेपालबाट पाम आयल नै सबैभन्दा धेरै निर्यात भएको छ । नौ महिनामा १७ अर्ब २९ करोड ७९ लाख रुपैयाँकोे पाम आयल निर्यात भएको छ ।
त्यसपछि भटमासको तेल आठ अर्ब ४३ करोड २२ लाख रुपैयाँको निर्यात भएको छ । आठ अर्ब ५६ करोड ९१ लाख रुपैयाँको पोलिष्टर यार्न, ऊनी गलैंचा सात अर्ब ९६ करोड रुपैयाँ, फलाम तथा फलामजन्य उत्पादन छ अर्ब ९८ करोड, छ अर्ब ३३ करोड ६८ लाख रुपैयाँको अलैची, पाँच अर्ब ३५ करोडको जुट तथा जुटका उत्पादनको निर्यात भएको छ । चिया दुई अर्ब ८० करोड, कुकुर तथा बिरालोको आहारा दुई अर्ब तीन लाख रुपैयाँ र पस्मिना सल दुई अर्ब १७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरुमा पामतेल, भटमासको तेल, पोलिष्टर तथा अन्य धागो, उनी गलैंचा, फलाम तथा फलाका उत्पादन, अलैँची, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, जुस, उनी फेल्टका उत्पादन, चिया, पश्मिना शल, कुकुर बिरालाका आहारा, चाउचाउ, जडीबुटी, रोजिन एण्ड रेजिन एसिड, जुत्ताचप्पल र नेपाली हातेकागज छन् ।
नेपालको निर्यात व्यापार मुख्यगरी भारत, अमेरिकी, जर्मनी, बेलायत, टर्की, फ्रान्स, जापान अष्ट्रेलिया, इटाली, क्यानडालगायतका मुलुकमा हुने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया