Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेताले करोडौँ कृषि अनुदान कुम्ल्याउदा, नुवाकोटका किसान भने अनुदान माग्दै अनशनमा

नेताले करोडौँ कृषि अनुदान कुम्ल्याउदा, नुवाकोटका किसान भने अनुदान माग्दै अनशनमा


काठमाडौँ । नेताहरूले नै करोडौँ रूपैयाँ अनुदान कुम्याउने नुवाकोट जिल्लाका एक किसान व्यवसायका लागि लिएको ऋण तिर्न कठिन हुने देखेपछि कृषिमा अनुदान दिनुपर्ने लगायतका केही माग राखेर न्यूरोडमा आमरण अनशनमा बसेका छन । नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर २ सिउडेनीका श्रीराम घिमिरे किसानले सस्तो व्याजमा ऋण पाउनुपर्ने र अनुदान पाउनुपर्ने लगायतका माग राखेर न्यूरोडको भूगोलपार्कको चौरमा अनशनमा बसेका हुन ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कृषि अनुदानकै लागि नुवाकोटमा बाख्रा फारम बनाएको देखि एमाले, माओवादी र कांग्रेसका नेताहरूले किसानलाई राहत दिने सरलीकरण गर्ने नाममा करिब १ अर्ब अनुदान झ्वाम पारिसकेका छन ।

कुखुरा तथा कालिज फार्म सञ्चालन गर्न लिएको ऋणले समस्यामा परेपछि श्रीराम अनशनमा बसेको उनी निकाटकाहरूले बताएका छन । यद्यपी श्रीरामले भने कृषकलाई अनुदान दिन, बैँकको ब्याजदर २ प्रतिशत गर्न, कृषि मल, बिऊ र औजार अनुदान दिन, कृषिमा १० प्रतिशत विनियोजन गर्न, कृषक कार्ड लागु गर्न, किसानलाई यातायात भाडामा ५० प्रतिशत छुट दिन माग राखेर सबैका लागि अनशन बसेको बताएका छन ।

शनिबार श्रीरामको अनशनप्रति ऐक्यबद्धता जनाउँदै नुवाकोटका राजनीतिक नेता र सामाजिक कार्यकर्ताले उचित सम्बोधनका लागि नेपाल सरकारसँग माग गरेका छन् । नुवाकोटका पूर्व सांसद् एवं नेकपा (एमाले) बागमी प्रदेश कमिटी सदस्य नारायण खतिवडाले पीडितको माग सम्बन्धोन गर्नुपर्ने र सर्वप्रथम सरकारले जीवन रक्षाका लागि पहल गर्नुपर्ने बताए ।

यस्तै समृद्ध नुवाकोट अभियानका महासचिव माधवप्रसाद तिवारीले सरकारले किसानका नाममा बाँड्ने अर्बौ रकम सदुपयोग भएको छ कि छैन भनेर तत्कालै एक उच्चस्तरीय छावनिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए । उनले वास्तविक किसानहरू चाहिँ आमरण अनशन बस्नुपर्ने र पहुँचवाला नेताहरूले तीनै किसानको नाममा करोडौँ अनुदान कुम्ल्याउने प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।

अनशसन स्थलमा पुगेका नेकपा एमाले नुवाकोटका उपसचिव निलकण्ठ आचार्यले घिमिरेको जीवनरक्षा पहिलो शर्त भएको बताए । उनले कृषिमन्त्रीको ध्यानाकर्षण गराउन खोज्दा सम्पर्कमा आउन नचाहेको र संम्बधित क्षेत्रका प्रतिनिधिसभा सदस्यको पनि ध्यानाकर्षण गराएको बताए ।

यस्तै आत्मनिर्भर नेपाल निर्माण अभियानका मुख्य किसान जनस्वयंसेवक नारायणप्रसाद धिमालले राजनीतिका कारण सबै बिग्रिएको भन्दै घिमिरेको जीवनरक्षाका लागि पहल गरिदिन सबैसँग अनुरोध गरे । मागका सम्बन्धमा कृषि मन्त्रालय र किसान आयोगले चासो लिएको भए पनि ठोस पहल नभएको घिमिरेले बताएका छन ।

No description available.

No description available.

No description available.

No description available.


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया