Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोहोरो भूमिकामा सक्रिय हुँदै तिलोत्तमाका जनप्रतिनिधीहरु

दोहोरो भूमिकामा सक्रिय हुँदै तिलोत्तमाका जनप्रतिनिधीहरु


बुटवल, चैत १९

केहि दिन अघिमात्र खुल्ला प्लाष्टिक मुक्त नगरपालिका घोषणा गरेको तिलोत्तमा नगरपालिकाको उक्त योजनालाई प्रभावकारी बनाउन नगरपालिकाका सबै जसो वार्डहरु सक्रिय रुपमा लागेका छन् । त्यसैमा विश्वभरी महामारीको रुपमा देखिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट नगरबासीलाई बचाउन पनि वडा कार्यालय उत्तिकै सक्रियता पूर्वक लागेका छन् । दैनिक ज्यालादारी गर्ने श्रमिकहरुको खाद्य संकटलाई पुर्ती गर्न नगरपालिकाका उपभोक्ता समीतिका सदस्यहरु, जनप्रतिनिधी र कर्मचारीहरु दाल, चामल वितरण गर्न सक्रिय पूर्वक लागेका छन् । जसको कारणले यति बेला तिलोत्तमा नगरपालिकामा स्थानिय सरकार जनताले महसुस गर्ने प्रकृतिको वातावरण तयार भएको छ ।

यसैबीच सरकारले गरेको कलडाउनलाई प्रभावकारी बनाउन जनप्रतिनिधी र कर्मचारीहरुको अहम भूमिकाले तिलोत्तमा नगरपालिका भित्र अनुमानित ८५ प्रतिशत भन्दा बढी प्रभावकारी देखिन्छ । मधेशी बस्ती भएका नगरपालिका केही वार्डहरुमा बाहेक अन्य वार्डहरुमा लकडाउनको कार्यन्वयन अवस्था प्रशंसनीय छ । सरकारले गरेको लकडाउन र नगरपालिकाको खुल्ला प्लाष्टिक मुक्त योजनालाई प्रभावकारी बनाउन तिलोत्तमा–१३ एकैसाथ दोहोरो भूमिका खेलेको छ । वडा अध्यक्ष गणेश न्यौपानेले तिलोत्तमा–१३ मा लकडाउनलाई प्रभावकारी बनाउन भित्री मार्गहरुमा सबैभन्दा बढी सवारी साधनहरुको चहलपहल हुने पथ्थरडाँडा तिनाउ सकडको बनकट्टीमा चेकिङ गरेर अनावश्यक ओहोरदोहोर गरेका सवारी साधानहरुलाई नियन्त्रणमा लिई कारवाही गर्ने गरेको बताए ।

वडा अध्यक्ष न्यौपानेले भने– जनप्रतिनिधी सक्रिय नहुने हो भने सुरक्षा निकायले मात्र सबै क्षेत्र हेर्न सक्ने अवस्था हुँदैन । यस्तो संक्रमणकालिन अवस्थाबाट जनतालाई बचाउनु जनप्रतिनिधीको दायित्व हो । छिमेकको सियारी गाउँपालिकामा भारतबाट चोरबाटो प्रयोग गरी मानिसहरु आउने गरेको कुराहरु धेरै सुनिन्छन् । गाउँपालिकाको छिमेकी वार्ड भएकोले विशेष सावधानी अपनाउन जरुरी छ । अत्यावश्यक काम बाहेक बाहिर निस्कन सरकारले निषेध गरेको छ । फेरी पनि विभिन्न बाहनाहरुमा सवारी साधन चलाउनेहरु संख्या बढ्दै जानथालेपछि चेकिङ गर्न सुरु गरेका हौं । चेकिङ सुरु गरेको पाँच दिनमा तीन सय भन्दा बढी साईकल र मोटरसाईकललाई कारवाही ग-यौं । त्यति ठुलो कारवाही त गरेका छैनौं तर सानो भएपनि कारवाही कारवाही नै हुने भएकोले अत्यावश्यक कामको प्रमाण दिन नसक्नेलाई सडकमा देखिएका ५० देखि तीन सय सम्म कागजका टुक्राहरु खोजेर ल्याएपछि जताबाट आएको त्यतै फर्काउने कारवाही गरेका छौं । गल्ती सहस्र स्वीकार गरी सरकारको निर्देशन मान्न तयार हुनेलाई ५० र अटेर गरी भाग्न खोज्नेलाई तीन सय सम्म कागजका टुक्रा जम्मा गर्नु पर्दछ । अहिले सम्म जथावाभी फ्याकिएका पाँच बोरा कागजका टुक्राहरु संकलन भएका छन् । कारवाही स्वरुप कागजका टुक्राहरु संकलन भएपनि सडक सौन्दर्यमा टेवा पुग्नुको साथै लकडाउन पनि प्रभावकारी भएको हाम्रो बुझाई छ ।

बाहिरी मुलुकबाट आएका वडाका पाँच जनालाई क्वारेण्टाईनमा राखिएको जानकारी गराउँदै संक्रमण रोक्ने प्रभावकारी उपाय एकान्तबास भएकोले वडाबासीहरुलाई राज्यको निर्देशनको पालना गर्न आग्रह गरे । उनले वडामा रहेका सब टोल विकास संस्थाहरुले एकान्तबासलाई प्रभावकारी बनाउन विशेष भूमिका खेलेकोमा प्रशंसा गर्दै चेकिङ कार्यमा स्थानियहरु शोभाखर चापागाईं, जिवलाल भुषाल, टेकलाल भुषाल, टिकाराम भुषाल, हिमलाल पौडेल, रामु न्यौपानेको विशेष सहयोग भएको बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया