सर्लाहीमा पहिलो पटक चन्द्रनगरले गर्यो धनी पुर्जा वितरण
सर्लाही, जिल्लामा पहिलो पटक नापी कार्यालय सर्लाहीले चन्द्रनगरमा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ ।
चन्द्रनगर गाउँपालिका प्रमुख राजकुमार महतो र नापी कार्यालय सर्लाहीका प्रमुख संजय मनान्धरले जिल्लामा पहिलो पटक चन्द्रनगर गाउँपालिका वडा नं.(४,स्थित गढाटोलमा लालपुर्जा वितरण गरेका हुन ।
सोमवार बिहान दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेको हो । चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको पहलमा पुस्तौ पुस्ता देखि जोत भोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरुलाई प्रदान गरिएको हो ।
स्थानिय नागेन्द्र महराले पहिलोपटक जग्गा धनी पूर्जा प्राप्त हुदा आफुहरुलाई धेरै खुसि लागेको बताए ।आफ्नो पिता पूर्खा देखि लालपुर्जा थिएन , धेरै दुःख लाग्थो उनले भने,। जग्गा धनी पूर्जा प्राप्त भएपछि आफुहरुको दुःखको दिन गएको उनले बताए । अप्ठ्यारोमा बैंकबाट ऋण लिउनत भन्दा धितो राख्ने सम्पत्ति थिएन,साहुले पत्यादैनथे,अब सहज भयो खुसी गागेकोछ ,उनले भने, ।
माझी मुसहर समुदायका स्थानीयको कथा उस्तै छ,उनीहरूले आफुहरू संग तीन पुस्ता सम्म पनि जग्गाधनी दर्ता प्रमाण पुर्जा नभएको मा अहिले जग्गा धनी पूर्जा प्राप्त हुदा आफुहरूलाई निकै खुसी लागेको बताए ।वडा नं. ४ का संझा देवी माझीले बर्षौ वर्ष देखी आफुहरू जग्गा भएर पनि जग्गाको अधिकार बिहिन भएर बस्न बाध्य रहेकोमा अहिले धनि पूर्जा प्राप्त हुदा खुसि लागेको बताईन् ।
बिगत १५ वर्ष यता गाउँ ब्लकको जग्गाहरु नापी भए पनि जग्गाधनी दर्ता प्रमाण पुर्जा जारी भएका थिएनन् , तर ३ वर्षमै चन्द्रनगर गाउँपालिकाको पहलमा सर्लाहीमा पहिलो पटक गाउँपालिकामै जग्गा धनी पुर्जा वितरण भएको नापी कार्यालय सर्लाहीका प्रमुख संजय मनान्धरले बताए।
नापी कार्यालयमा गाउँपालिका अध्यक्ष महतोले जिल्लाका २० वटै पालिकाहरु मध्ये पहिलो पटक आएर जग्गाधनी दर्ता प्रमाण पुर्जाको विषयमा छलफल गरेको र आज जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण भइरहेको नापी कार्यालय मलंगवाका प्रमुख मनान्धरले बताए ।
गाउँपालिका अध्यक्ष महतोले गाउँ ब्लकको लाल पुर्जा वितरण हुनु भनेको चन्द्रनगर गाउँपालिकाको लागि शुभ संदेश भएको बताए ।अध्यक्ष महतोले राष्ट्रिय भुमी आयोग अन्तर्गत चन्द्रनगरमा लगत संकलन कार्य भइसकेको र आवश्यक प्रकृया पुर्याई भूमीहिन,दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा वितरण गरिने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया