Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोभिड–१९ को गलत सूचना रोक्न डब्लुएचओ र भाइबरबीच समझदारी

कोभिड–१९ को गलत सूचना रोक्न डब्लुएचओ र भाइबरबीच समझदारी


काठमाण्डौं,चैत २०

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र राकुटेन भाइबरले संयुक्त रुपमा कोभिड–१९ को बारेमा गलत सूचनालाई रोक्ने पहल अघि बढाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र राकुटेन भाइबरले बुधबार कोभिड–१९ को सन्दर्भमा प्रवाह हुने गलत सूचनाविरुद्ध अभियान छेड्न एकआपसमा समझदारी गरेका हुन्, जुन बहुभाषिक अन्तत्र्रिmयात्मक च्याटबट विश्वव्यापी रुपमा उपलब्ध हुनेछ । यो बटको एकमात्र उद्देश्य भनेकै भाइरसको विषयलाई लिएर तीव्रगतिमा फैलाइने झुठो जानकारी तथा गलत समाचारहरुविरुद्ध जुध्नु हो ।सही सूचनाको खोजीमा रहेका विश्वका नागरिकहरुलाई सहयोग गर्न यो च्याटबट अँग्रेजी, अरेबिक, रसियन भाषामा उपलब्ध छ र चाँडै नै २० अन्य भाषाहरुमा पनि अनुवाद गरिनेछ । यसले महामारीलाई लिएर अत्यधिक रुपमा सोधिएका प्रश्नहरु एवं पछिल्लो ताजा समाचारहरुलाई प्रमुखता दिनेछ । लेटेस्ट न्यूज (हालको ताजा समाचार) लाई डब्लुएचओको वेबसाइटबाट सिधै एउटै समयमा अद्यावधिक गरेर त्यसलाई सोझै यस भाइबर बटमा प्रेषित गरिन्छ । अन्य मुख्य खण्डहरुमा प्रोटेक्ट योरसेल्फ, मास्क युजेज, ट्राभल रिकम्मेन्डेसन्स तथा भाइरसको बारेमा तपाईंको ज्ञान जाँच गर्न एक अन्तत्र्रिmयात्मक मिथ्स क्विज रहेका छन् ।

यसैगरी च्याटबटमा रहेको डोनेट नाउ बटनले प्रयोगकर्ताहरुलाई डब्लुएचओले महामारीविरुद्ध लड्न स्थापना गरेको कोभिड–१९ सोलिडारिटी रेसपन्स फण्डको लागि आफ्नो तर्फबाट चन्दा सहायता प्रदान गर्न सक्नेछन् । ‘विश्व स्वास्थ्य संगठनले नवीनतम् डिजिटल प्रविधिको सहायताले भरपर्दो सूचनाका साथ सम्भव भएसम्म विश्वका धेरैभन्दा धेरै नागरिकहरुमाझ पुग्ने लक्ष्य लिएको छ । सही सूचना शक्ति हो र यसले यस्तो महामारीको समयमा जीवनहरु बचाउन मद्दत पुग्छ ।’ डब्लुएचओका महा निर्देशक डा. टेड्रोस एद्हानम गेब्रेयेससले भने ।हामीले मानिसहरुलाई सम्पर्कमा रहिरहन साथसाथै स्थानीय एवं विश्वभरका सरकार तथा संसारभरका स्वास्थ्योपचार सम्बद्ध संस्थाहरुलाई अद्यावधिकहरु उपलब्ध गराएर र गलत सूचनाविरुद्ध लड्न पनि सहयोग गरिरहेका छौं । राकुटेन भाइबर र डब्लुएचओले यो विषम अवस्थामा व्यक्तिहरु र समुदायहरुलाई स्वस्थ एवं सुसूचित रहनका लागि मद्दत गर्न मिलेर संयुक्त रुपमा काम गरिरहेको छ । यो च्याटबट तपाईं आफैले प्रयोग गर्नुहोस्, अनि यसलाई आफ्नो प्रियजनहरुसँग साझा गरेर तपाईंका आफन्तहरुको सुरक्षा र सहायता गर्नुहोस् । डिजिटल सुरक्षित छ ।’राकुटेन भाइबरका सीईओ जमेंल अगाउवाले भने । विश्वभरका सबै भाइबर प्रयोगकर्ताहरुका लागि च्याटबट अहिले नै उपलब्ध भईसकेको जनाएको छ । यसको अतिरिक्त भाइबरले भाइरससँगै अग्रपँक्तिमा रहेर रोगीहरुको सेवामा खटिइरहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको योगदानको कदर गर्न तथा उनीहरुको मनोबल उकास्न साथसाथै लक डाउनको समयमा समग्र विश्वलाई उत्प्रेरणा प्रदान गर्न र सकारात्मक भावहरु सञ्चार गर्न खास रुपमा तयार पारिएको स्टिकर प्याक पनि प्रस्तुत गर्ने भएको छ । यो प्याक भाइबरको स्टिकर मार्केटबाट डाउनलोड गर्ने जोकोहीले च्याटबटमा छिटो र सजिलै पहुँच प्राप्त गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया