Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशबाट गाउँ फर्केकाको घरमा गाउँपालिकाको रातो झण्डा

विदेशबाट गाउँ फर्केकाको घरमा गाउँपालिकाको रातो झण्डा


काठमाण्डौं,चैत २०
दोलखाको मेलुङ गाउपालिकाले विदेशबाट फर्केकाहरूको पहिचान गरी उनीहरूको घरमा रातो झण्डा राख्ने अभियान सुरु गरेको छ ।गाउँपालिकाले कोरोना लागेका बिरामी वा सोको संक्रमण देखापरे नियन्त्रण गर्नाका लागि सजिलो होस् भन्ने उद्देश्यले उनीहरूको घरमा रातो झण्डा राख्ने अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए । विदेशबाट फर्केकाहरूको पहिचान गरी उक्त घरमा १४ दिनसम्म रातो झन्डा राख्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । विदेशबाट घर फर्केकाहरू १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुँदा उनीहरूको पहिचानका लागि घरमा संकेतको रूपमा झण्डा राखिएको श्रेष्ठको भनाइ छ । १४ दिन पुगेपछि झण्डा हटाइने उनले बताए । मेलुङ गाउपालिका वडा नं १ पवटीबाट गाउँपालिका प्रमुखको उपस्थितिमा अभियान सुरु भएको छ । हालसम्म गाउँपालिकामा भर्खरै विदेशबाट आएका व्यक्तिहरूको तथ्याङ्क ११ जना रहेको उनको भनाइ छ । उनीहरूलाई नराम्रो हिसाबले नभई सबै बाँचौ र आफू पनि बचाऔँ भन्ने अभियानमा सहयोग पुग्ने श्रेष्ठले दाबि गरे ।

कोरोना नियन्त्रणका लागि जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकाले सबै स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधि उपकरणहरूसहित स्वास्थ्यकर्मी परिचालित गरेकोे जनाएको छन् । कारोना भाइरसको रोकथामका लागि दोलखाका स्थानीय तहहरूले विभिन्न जिल्लाको विभिन्न ठाउँमा ५९ बेडको आइसोलेसन निर्माण गरेका छन् । जिल्लाभरि ५९ बेडको आइसोलेसन र दुई सय १० वटा क्वारेन्टाइन निर्माण गरेको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बताए । जिल्लामा हाल स्वाथ्यकर्मीले सुरक्षाको लागि लगाउने पीपीई ४८ थान थर्मल गन २० थान रहेको छ भने जिल्ला भर २७ ओटा एम्बुलेन्स तयारी अवस्थामा रहेको उनले बताए । स्थानीय तहअन्र्तगत गौरीशंकर गाउँपालिकाले ६ बेड, शैलुङले ८ बेड, कालिञ्चोक र तामाकोशीले पाँच पाँच वेड, बैतेश्वरले २ बेड, भिमेश्वरले ८ बेड, विगुले १० बेड र जिरीले २ बेड आइसोलेसन वडा निर्माण गरेको छ । स्थानीय तहबाहेक जिल्लामा रहेका निजी अस्पतालहरू च्छोरोल्पा अस्पतालले ६ बेड, दोलखा सामुदायिक अस्पतालले २ बेड र धुलिखेल अस्पतल दोलखाले ५ बेडको आइसोलेसन निर्माण गरेको छ । आइसोलेसन निर्माणका साथै हरेक स्थानीय तहमा औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था रहेको र आवश्यक ठाउँहरूमा समन्वय गरी औषधि उपकरणहरू व्यवस्थापन गर्ने काम भइरहेको प्रजिअ शर्माले बताए । कोरोना भाइसरको रोकथामका लागि स्थानीय तहमा औषधि उपकरण स्वास्थयकर्मी, आम नागरिकलाई जनचेतना लगाएतका हरेक गतिविधिहरू स्थायीन तहले गरिरहेको र फैलिन नदिनका लागि आफूहरू सचेत रहेको गाउँपालिका महासंघ बागमती प्रदेशका संयोजक तथा तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया