Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसत्ता गठबन्धनले मुलुकलाई गलत दिशातर्फ लैजाने काम गरिरहेको छ : ईश्वर पोखरेल

सत्ता गठबन्धनले मुलुकलाई गलत दिशातर्फ लैजाने काम गरिरहेको छ : ईश्वर पोखरेल


काठमाडौं । वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको नेकपा एमालेका ईश्वर पोखरेलले आरोप लगाएका छन् ।

ललितपुरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाएका हुन् ।

‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ ।’ उनले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया