Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाँचतारा साकोसको आयोजनामा रक्तदान

पाँचतारा साकोसको आयोजनामा रक्तदान


काठमाण्डौं,चैत २०
पुरानो सिनामंगलस्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विषम परिस्थितिका बाबजुद संस्थाले ६३औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १३औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले विगत १० वर्षदेखि उक्त अवसर पारेर निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बच्न र बचाउन सरकारले मुलुकभर लकडाउन गरेको अवस्थामा संस्था आसपास रहेका सीमित सदस्यरुको सहभागितामा भए पनि रक्तदान कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष भोलानाथ पाठकले बताए । रक्तसञ्चार केन्द्रले रगतको अभाव भएकाले संघसंस्थाहरूलाई रक्तदानका लागि आह्वान गरेको हुँदा विषम परिस्थितिमा विद्यमान रहे पनि अति आवश्यक मानवीय सहयोग पु¥याउन कार्यक्रम गरिएको उनले जनाए ।

‘विगत वर्षहरूमा संस्थाको आयोजनामा हुने रक्तादानमा एक सय ५० भन्दा बढी रक्तदाता जुट्ने गरेकोमा यस वर्ष ३२ जना मात्र रक्तदानमा सहभागी भए’, पाठकले भने । स्वयमसेवी रक्तदाताहरूको संगठन ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) र काठमाडौं जिल्ला बचत तथा सहकारी संघ लि. (कास्कुन)को संयोजनमा गत वर्ष ६२औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर गत वर्ष उक्त दिन नै बुधबारे रक्तदान कार्यक्रम शुरु गरिएको थियो । त्यस क्रममा ३६ वटा रक्तदान आयोजना भई सो वार्षिक कार्यक्रम समापन भएको समेत घोषणा गरिएको छ । रक्त सञ्चार केन्द्रले समन्वय गर्न चाहेमा साप्ताहिक वा मासिकरूपमा रक्तदान गर्नका लागि संस्थाले स्थान उपलब्ध गराउन सकिने अध्यक्ष पाठकले जानकारी दिए । संस्थाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष सहकारी व्यक्ति व्यक्तित्वहरूलाई सम्मान कार्यक्रम गर्ने गरेको भए पनि यसपटकको विशेष कार्यक्रम स्थगित गरेको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया